२१ असार २०७९, मंगलवार

Jul 5, 2022

भैरहवा । बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाको निमन्त्रणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोली बिहान लुम्बिनी आउँदै छन् । लुम्बिनीमा उनको स्वागतको सम्पूर्ण तयारी पुरा भई सकेको लुम्बिनी विकास कोषले जनाएको छ ।

Advertisement

प्रधानमन्त्री शेर शहादुर देउवा आजै लुम्बिनी आइ सकेका छन । उनी लुम्बिनीको होटल कसाईमा बसेका छन भने उनि संगै बिभिन्न मन्त्रीहरु समेत लुम्बिनी पुगि सकेका छन।
यसै गरि नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह, शसस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल र नेपाली सेनाका सेनापति प्रभुराम शर्मा पनि लुम्बिनी आईसकेका छन।

यस अघि नै भारतीय प्रधानमन्त्रीको सुरक्षामा खटिने स्पेशल प्रोटेक्सन गार्ड (एसपिजी) को टोली लुम्बिनी आई पुगेको थियो । भोली बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ४ वटा हेलिकप्टरमा लुम्बिनी आई पुग्ने कार्यक्रम रहेको छ । लुम्बिनी झरेर मोदी सोझै मायादेवी मन्दिर जानेछन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीका अनुसार मायादेवी मन्दिरमा मार्कर स्टोनमा फुल अर्पण गरि पूजा गर्ने, पुष्कर्णि पोखरीको अवलोकन र अशोक स्तम्भ अगाडी २ वटा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । त्यस पछि मायादेवी मन्दिरमा रहेको बोधीबृक्षमा पानी हाल्ने आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि मोदी साझै भारतको आईबीसीद्वारा निर्माण हुने बिहारको शिलान्यास गर्ने र त्यहा पछि होटल पवनमा केही बेर बिश्राम गर्ने तथा त्यही दुई सरकारबीच वार्ता एवम पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

२ बजे मोदी लुम्बिनीमा नवनिर्मित सभाहलमा आयोजित मूल समारोह समितिमा भाग लिइ सम्बोधन गर्ने र करिब ३ बजे भारत फिर्ता हुने कार्यक्रम रहेको त्रिपाठीले जानकारी दिए ।

मोदी आउने भएपछि लुम्बिनीको सुरक्षा ब्यवस्था कडा बनाईएको छ । भोलि हुने मोदीको आगमनको क्रममा आज त्यसको पूर्वाभ्यास समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना पर्यटक तान्दै भूत छाँगा लाफा क्लबको प्रथम अधिवेशन, बबिनको अध्यक्षतामा नयाँ नेतृत्व चयन ‘बुटवल मण्डप’को नाम परिवर्तन गर्ने बुटवल उपमहानगरको निर्णय फिर्ता गर्न ७ राजनीतिक दलको माग हिँड्दा-हिँड्दै एक महिलाको मृत्यु पाँच वर्षपछि रारा तालमा बिजुली घुम्न आएकी युवती बलात्कृत, तीन जना पक्राउ