ताजा अपडेट »

लोकतन्त्र बचाउन र संविधानको रक्षा गर्नको लागि गठबन्धन : क्षेत्री

मंगलबार, २७ बैशाख २०७९, १२ : २६
6 Shares

अर्घाखाँची । गठबन्धन लोकतन्त्र बचाउन र संविधानको रक्षा गर्नको लागि भएको नेपाली कांग्रेस ससंदीय दल लुम्बिनी प्रदेशको सचेतक निर्मला क्षेत्रीले बताइन् ।

नेपाली काङ्ग्रेसको छत्रदेव गापा वडा नम्बर ८ मा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभा लाई सम्बोधन गदै क्षेत्रीले यस्तो बताएकी हुन् । आम जनताको रगत ,पसिनाको बलले लिएको संविधान लाई नेकपा एमालेले दुर्घटना तर्फ लैजाने क्रममा आज गठबन्धनले रोक्न सफल भएको बताइन् ।

जनताको बिश्वासलाई बिच बाटोमा छोडेर संविधानको मर्मलाई कुल्चले नेकपा एमालेको प्रयासलाइ रोक्न सफल भएका छौं,संविधान मास्ने लाई भोट माग्ने अधिकार नभएको समेत दाबी गरिन् । वैशाख ३० गते हुने चुनावमा पैसाले भोट किन्न खोज्नेहरु माथि आम जनता सचेत हुनुपर्नेमा जोड दिइन् ।

नेता क्षेत्रीले छत्रदेवमा यसपालि पनि कांग्रेसको सबै टिम विजय हुने समेत बताइन् । छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, छत्रदेव गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष पदका उम्मेद्धार इन्दिरा भुसाल लगायतको सहभागीता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।