ताजा अपडेट »

‘सामाजिक क्षेत्रमा गरेको काम नै मेरो जितको आधार’

सोमबार, २६ बैशाख २०७९, १० : २२
8 Shares

भैरहवा । लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट १९ जनाले उप–प्रमुख पदका लागी उम्मेदवारी दिएका छन् । दलगत र स्वतन्त्र गरि उम्मेदवारी दिएका उप–प्रमुख पदका उम्मेदवारहरुको आ–आफ्नै एजेण्डा एवम प्रतिवद्धता रहेका छन । यिनै उम्मेदवारहरु मध्ये एक हुन युवा उम्मेदवार अर्जुन कुर्मि ।

लामो समय देखी बिभिन्न गैरसरकारी र सरकारी निकायमा सामाजिक क्षेत्रमा काम गरेका अर्जुनले यिनै सामाजिक कामलाई आफ्नो जितको आधार मानेका छन् । नेपाल रेडक्रस सोसाईटी, स्थानिय शासन तथा साममुदायिक बिकास कार्यक्रम, वास, ग्रीन युथ क्लब लगायतका संस्थाहरुमा काम गर्ने क्रममा अर्जुन लुम्बिनीको सबै टोल पुगेका छन् । उनि टोल टोलका आवश्यकता र त्यहासका समस्या बारे परिचित छन् । यसले उनलाई योजना बनाउन सहज बनाउने उनको भनाई छ ।

स्थानिय शासन तथा सामुदायिक बिकास कार्यक्रम अन्र्तगत सामाजिक परिचालक भई काम गर्ने क्रममा त्यहाका अति विपन्न तथा सिमान्तकृत समुदायका जनतासंग भिज्ने मौका पाए अर्जुनले । उनले आफु गरेका यी कामहरुले जनप्रतिनिधि बन्न प्रेरित गरेका बताउछन । “ लुम्बिनी धेरै पिछडिएको छ, गर्नु पर्ने धेरै काम छन ।” अर्जुनले भने “ भौतिक पूर्वाधारको विकास संगै यहा सामाजिक विकासको पनि त्यति नै महत्व छ । विजयी भए भौतिक पूर्वाधारको साथै सामाजिक बिकासमा पनि उत्तिकै ध्यान दिनेछु ।”

उनले लुम्बिनीका युवाहरु पनि आवश्यकता अनुसार रोजगारीमा परिचालन हुन नसकेको बताउछन् । नेपालमै रोजगारीको वातावरण बन्न नसक्दा लुम्बिनीको अधिकांश युवाहरुको रोजाई बैदेशिक रोजगारी हुने गरेको बताउदै उनले विकासको लागी युवाहरु अगाडी ल्याउनु पर्ने आवश्यकता औल्याए । उनले विकासका लागी युवाहरुले नेतृत्व लिन आवश्यक रहेको बताउदै त्यसैको लागी आफुले उप–प्रमुख पदमा उम्मेदवारी दिएको बताए ।

यसको साथै लुम्बिनी सांस्कृतिक नगरपालिकामै रहेको गौतम बुद्धको जन्मस्थल लुम्बिनी जुन प्रकारले अन्र्तरािष्ट्रय स्तरमा नाम रहेको छ सोही अनुसार यसको पहिचान दिलाउन उम्मेदवारी दिएको बताए । एक घर एक उद्यम, प्रत्येक वडामा ब्ययामशाला, युवाहरुको लागी खेलकुद मैदान, किशोरीहरुका लागी प्राविधिक शिक्षा, सिंचाईको लागी स्थाई रुपमा नहरको ब्यवस्थापन, लुम्बिनीलाई सफा सुग्घर पर्यटकिय स्तरको नगरपालिका बनाउन तथा समग्र युवाहरुलाई सक्षम र आर्थिक रुपमा समृद्ध बनाउने उनको एजेण्डा छ ।

लुम्बिनीमा बिकास ल्याउन तथा लुम्बिनीबाट स्थानियहरु लाभान्वित हुनको लागी लुम्बिनीका मतदातालाई युवा उम्मेदवार चयन गर्न उनले आग्रह गरे । यसको लागी स्वतन्त्र उम्मेदवारी दिएका आफुलाई भुईकटहर चुनाव चिन्हमा मतदान गर्न उनले लुम्बिनीका मतदातालाइ आग्रह गरेका छन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा