ताजा अपडेट »

विवेकशील साझाका अध्यक्ष मिश्र तिलोत्तमाको घरदैलो कार्यक्रममा

आइतबार, २५ बैशाख २०७९, १४ : २७
8 Shares

बुटवल । विवेकशील साझा पार्टीका मेयर उम्मेद्वार डा अमित केसी लगायतको चुनाबी टोलीलाई हौसला दिन केन्द्रिय नेता रवीन्द्र मिश्र लगायतको ४ सदस्यिय तिलोत्तमाको मणिग्राम लगाायतका क्षेत्रमा घरदैलो गरेको छ । शिक्षा र स्वास्थ्य निशुल्क बनाउने प्रतिबद्धता सहित चुनाबी मैदानमा उत्रेको विवेकशील साझा पार्टी तिलोत्तमाले घरदैलो संगै चुनाबी सभालाई तिब्र पारेको छ ।

केन्द्र बाट एक रबिन्द्र मिश्र लागायतका नेताहरु तिलोत्तमाबासीको घरदैलोमा पुग्दा यहाका बासिन्दाले विवेकशील साझा पार्टीलाई भारि मतले बिजय बनाउने प्रतिबद्धता ब्यक्त गरेर हौसला थपेको विवेकशील साझा पार्टीका मेयर उम्मेद्वार डा केसी जानकारी दिएका छन् । आसन्न बैसाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विवेकशील साझाले तिलोत्तमा नगरपालिकामा घरदैलो अभियान जारि राखेको हो ।

घरदैलोमा तिलोत्तामाका लागि मेयर पदका उम्मेदवार डा. अमित के.सी, उपमेयर पदका रुपा गुरुङ, र विभिन्न वडाका अध्यक्षहरु एवं वडा सदस्यहरु साथै पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ। घरदैलोमा हिडेका मेयर पदका उम्मेदवार अमित के. सी. ले निशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य सहित भ्रस्टाचार नियन्त्रण गरि तिलोत्तमाको दीर्घकालीन बिकास का लागि आफुले उम्मेद्वारी दिएको र आफ्नो बचनबद्धता पूर्ण रुपमा पालन गर्ने बताएका छन् ।

घरदैलो कार्यक्रममा हिडेका मेयर पदका उम्मेदवार डा.अमित के.सी र उपमेयर पदका रुपा गुरुङलाई मतदाताहरुले जीतको सुभकामना दिएको पार्टी कार्यकर्ताले जानकारी दिएका छन् । जनताको सेवा गर्दै आएका र सामाजिक छबि समेत राम्रो बनाएका मेयर पदका उम्मेदवार डा. अमित के.सी.ले यसपालिको चुनाबमा विवेकशीलको सबै वडासंगै नगरमा शानदार जित हासिल गर्ने बिस्वास लिएको र हौसला अत्यन्तै उँचो बनाएको प्रतिक्रिया दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।