ताजा अपडेट »

लुम्बिनीमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

शुक्रबार, २३ बैशाख २०७९, ०८ : ४३
6 Shares

काठमाडाैं । बागमती र गण्डकीका केही क्षेत्रमा बिहानै वर्षा भएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेकाे हाे ।

उपत्यकाकाे आकाश बदलीले ढाकेकेकाे छ केही क्षेत्रमा फाट्टफुट्ट पानी परिरहेकाे छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती, गणडकीका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

राति  पनि प्रदेश १ , बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ र बागमतीका पहाडी भूभागका एक वा दुई  स्थानमा वर्षा हुने ठानिएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।