ताजा अपडेट »

नौ महिनामा एक खर्ब २६ अर्ब अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिवद्धता प्राप्त

मंगलबार, २० बैशाख २०७९, १४ : ३२
6 Shares

काठमाडौं ।  चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालले १ खर्ब २६ अर्ब ७ करोड २४ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । 

प्राप्त प्रतिवद्धतामध्ये अनुदान सहायता ९ अर्ब ४६ करोड २६ लाख रुपैयाँ र ऋण सहायता १ खर्ब १६ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ । जापान, स्वीट्जरल्याण्ड, विश्व बैंक, एसियाली विकास बैंक लगायतका दातृ राष्ट्र तथा निकायबाट उक्त प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।