ताजा अपडेट »

बुटवलमा एमालेको घरदैलो अभियान तिब्र, वडा नम्बर ७ का घर-घरमा पुगे उम्मेदवार

आइतबार, १८ बैशाख २०७९, १३ : ४३
8 Shares

बुटवल । नेकपा एमाले बुटवल उपमहानगरपालिकाले निर्वाचन प्रचरप्रसारको क्रममा आईतवार बुटवल वडा नम्बर ७ मा घरदैलो गरेको छ । बैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षीत गर्दै एमालेले घरदैलो कार्यक्रमलाइ तिब्र रुपमा अगाडी बढाईरहेको छ । एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बाबुराम भट्टराई, उपमेयरका उम्मेदवार सावित्रा अर्याल तथा वडा अध्यक्षका उम्मेदवार सीता थापा आचार्यको नेतृत्वमा वडा सदस्यका उम्मेदवार सहितको र्यालिसहितको टोलिले घरदैलो गरेको हो ।

घरदैलोको क्रममा सर्वसाधारणले एमालेको अगुवाइबाट नै बुटवलको बिकासले फड्को मारेको भन्दै अबपनि बाँकि काम पूरा गर्न एमालेको जित अनिवार्य रहेको बताएका थिए । बुटवलको समृद्धिमा एमालेले अगाडी सारेका नारा लेखिएका व्यानर र झण्डा बोकेर घर आँगनमा पुगेका उम्मेदवारहरुलाई जेष्ठ नागरिकहरुले टीका र फुल लगाईदिएर जितको शुभकामना दिएका थिए । बुटवलको बिकासमा एमालेले गरेका कामहरुलाई हेरेर पनि एमालेका उम्मेदवारलाई भोट हाल्ने उनीहरुले वचन दिएका थिए ।

May be an image of 4 people, people standing and outdoors

नगरप्रमुखका उम्मेदवार बाबुराम भट्टराईले आफू जुन संस्थामा पुगेपनी त्यहाँ परिवर्तन गरेर देखाएको उल्लेख गर्दै बुटवलको बिकासमा योगदान गर्ने अवसर दिन मतदाताहरुलाई आग्रह गरे । उपप्रमुखका उम्मेदवार सावित्रा अर्यालले आफ्नो जिवननै महिला र सामाजिक बिकासमा समर्पित रहेको र एकपटक नेतृत्व तहमा रहेर काम गर्ने अवसर दिन आग्रह गरिन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।