ताजा अपडेट »

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको परीक्षण : भैरहवा आयो वाइड बडी जहाज

विहीबार, १५ बैशाख २०७९, १९ : ४३
34 Shares


भैरहवा । नवनिर्मित भैरहवाको गौतमबुद्ध अन्तराष्टिय विमानस्थलमा उडान परीक्षण भएको छ । विमानस्थलको नेपाल वायु सेवाको वाइड बडी विमानमार्फत परीक्षण उडान गरिएको हो । विमान स्थलको बिहीबार साँझ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगाएतको उपस्थितिमा उडान परीक्षण गरिएको हो ।

भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको सञ्चालनसँगै बढ्दो हवाइ यात्रु चापला घट्ने र काठमाण्डौंको विकल्प बनेको विमान स्थलका महानिर्देशक प्रदिप अधिकारीले बताए । उनले काठमाण्डौंमा अवतरण गर्न नसक्ने ठूला विमान समेत भैरहवामा अवतरण हुन सक्ने बताउँदै ५ वर्षमा विमानस्थल फूलफेजमा सञ्चालनमा आउने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।