ताजा अपडेट »

बुटवलमा एक्कासी हावा हुरी र मेघ गर्जनसहित वर्षा

शुक्रबार, ०९ बैशाख २०७९, १६ : ३७
4 Shares

बुटवल । बुटवलमा हावाहुरीसहित मेघ गर्जन र वर्षा भएको छ । शुक्रबार दिउसो करि साढे ४ बजेदिख यहाँको मौसममा एक्कासी परिवर्ता आएको हो ।

हावा हुरी र वर्षाले विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएका छन् भने बजार तथा यात्रामा रहेकाहरुको जनजिवन प्रभावित भएको छ । मौसममा आएको परिवर्तनले निर्माणका काममा समेत प्रभाव पारेको व्यवसायीहरुले बताएका छन् ।

नेपालमा न्युन चापिय रेखासँगै स्थानीय वायुको प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले यसअघि नै जनाएकाे थियो । यसैगरी राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा क्षणिक र हल्का वर्षाको आँकलन गरिएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।