ताजा अपडेट »

एमाले रुपन्देही–प्यूठान सम्पर्क मञ्चको वृहत भेला, गिरीको अध्यक्षतामा समिति गठन

शनिबार, ०३ बैशाख २०७९, २१ : २२
6 Shares

बुटवल । नेकपा एमाले रुपन्देही–प्यूठान संम्पर्क मंञ्चको बृहत कार्यकर्ता भेला शनिबार बुटवलमा सम्पन्न भएको छ । भेलाले बिनोद गिरीको अध्यक्षतामा सर्वसम्मत तदर्थ समिति गठन गरेको छ ।

समितिको उपाक्ष्यमा लक्ष्मी केसी, सचिवमा कृष्णराज पाण्डे र सहसचिवमा लिलबहादुर राना रहेका छन् । यस्तै भेलाले तदर्थ समितिको सदस्यमा कमल खनाल, निर्मल मल्ल, दुर्गा महत, जिवलाल पन्थी, लक्ष्मण राना, बसन्त भट्टराई, शान्तराज रसाइली, चन्द्रप्रकाश गौचन, बिक्रम पन्थी, पदम भण्डारी, थम्मनसिंह परियार, सुरेन्द्र बुढा, शागर क्षेत्री, भरत पुन र प्रकाश हमाल रहेका छन् ।
भेलाको नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सुर्य थापाले उद्घाटन गरेका थिए । त्यस अवसरमा नेता थापाले स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई बिजयी बनाउन सम्पर्क मञ्चले प्रभावकारी भूमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गरे ।

उनले सम्पर्क मञ्चले नेकपा एमालेको विचारलाई जनता माझ पुर्याउने र जनताको पक्षमा राजनितिक र सामाजिक क्रियाकलाप सञ्चालन गरेर स्थापित हुनुपर्ने बताए ।

उनले नेकपा एमालेको सरकारले गरेका हरेक कामको बिरोध गर्ने ५ दलिय गठबन्धन अहिले मुलुकलाई बर्बादीतर्फ लैजान उद्धत रहेको बताए ।
कार्यक्रममा पार्टी प्रदेश कमिटि संगठन विभाग सचिव पुरन गुरुङ, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव भरत के.सी. लगाएतले आफ्ना भनाई राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।