ताजा अपडेट »

शक्तिमान किसान मिलाप–२०२२, दुई हजार बढी कृषकलाई सम्मान

शनिबार, ०३ बैशाख २०७९, १९ : ०४
10 Shares

बुटवल । विश्व प्रसिद्ध कृषि उपकरण ब्राण्ड शक्तिमानको लुम्बिनी क्षेत्रको आधिकारिक बिक्रेता मनमित श्री ट्रेडिङले २ हजार बढी किसानहरुलाई सम्मान गरेको छ । कम्पनीले शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित होटल ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा एक समारोहकाबीच कृषकहरुलाई सम्मानन गरेको हो ।

कम्पनीले ‘शक्तिमान किसान मिलाप–२०२२’ मा रुपन्देही, कपिलबस्तु र नवलपरासीका गरि २ हजार बढी कृषकहरुलाई सहभागिता गराई सम्मान गर्दै विभिन्न कार्यक्रम गरेको हो । सधैं खेतमा माटोसँग खेल्ने किसानका लागि एकदिन भएपनि एकै ठाउँमा जम्मा गरी सम्मान गर्दै कृषकका जिज्ञासा, गुनासाहरु सुन्नुका साथै कम्पनीका नया उत्पादन र सो को प्रयोग बारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मनमित श्री ट्रेडिङका संस्थापक अध्यक्ष उदय कुमार सिंहले बताए ।

उनले भने ‘सधैंभरी खेतबारीमा माटोसित खेलेर तपाइँ हामी लगाएत सबैलाई अन्न उत्पादन गर्ने किसानलाई कम्तीमा वर्षमा एकदिन भएपनि एकै स्थानमा जम्मा गरार्ई रमाइलो गर्ने, आफ्ना जिज्ञासाहरु व्यक्त गर्ने, कृषि उपकरण बारे जानकारी लिने अवसरका रुपमा हामीले यो कार्यक्रमको आयोजना गरेका हौं । २ हजार बढी किसान सहभागी हुँदा हामी अत्यन्तै उत्साहित छौं ।

कार्यक्रममा शक्तिमान ब्राण्डका कृषि उपकरण उत्पादन गर्ने तिर्थ एग्रो टेक्नोलोजी प्रा.लि. गुजरात, भारतका नेशनल सेल्स हेड रवि माथुर नेपाल कृषि प्रधान देश भएको हुँदा उत्पादन वृद्धि गर्न कृषि उपकरण अत्यावश्यक रहेको र माग पनि बढेको बताउँदै कृषि उपकरणसँगै मर्मत र प्रयोगबारे पनि कम्पनीले सहयोग गर्ने बताए ।

त्यसैगरी कृषि अनुसन्धान केन्द्र रामपुर पाल्पाका कृषि वैज्ञानिक नारायण खत्रीले कृषि सम्बन्धी प्रस्तुती दिँदै उपकरणको उपयोग गर्दै उत्पादन बढाउनु पर्ने बताए । उनले राज्यले पनि आधुनिक कृषि प्रणालीमा जोड दिएको बताउँदै किसानलाई कृषि उपकरण सहज उपलब्ध गराउन आग्रह गरे ।

कार्यक्रममा उपस्थित २ हजार बढी किसानलाई खादाद्वारा सम्मान गर्दै उनीहरुबाट आएका जिज्ञासाहरुको सम्बोधन गरिएको थियो । कार्यक्रम स्थलमै शक्तिमानका कृषि उपकरण (माटो सम्याउने, धुलो बनाउने, बिऊ छर्नेदेखि काट्ने सम्मका उपकरणहरु प्रदर्शन गरिएको थियो ।

प्रदर्शित उपकरणहरुको मूल्य रु १ लाख ५० हजारदेखि ११ लाखसम्म रहेको र कृषकले निजी लगानी तथा विभिन्न अनुदानमा खरिद गर्न सक्ने मनमित ट्रेडिङका संस्थापक अध्यक्ष उदयकुमार सिंहले बताए । साथै किशाान मिलापको अवसरमा सबै किसिमका उपकरण खरिदमा विशेष छुट रहेको र करिब १० जना कृषकले बुकिङ समेत गरिसकेको सिंहले जानकारी गराए ।

मनमित श्री ट्रेडिङका संस्थापक अध्यक्ष उदयकुमार सिंहको अध्यक्षता, तिर्थ एग्रो टेक्नोलोजी भारतका नेशनल हेड रवि माथुरको प्रमुख आतिथ्यता, कृषि अनुसन्धान केन्द्र रामपुर पाल्पाका कृषि वैज्ञानिक नारायण खत्रीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन दुर्गा गुरुङले गरेकी थिइन । कार्यक्रममा दर्जन बढी कलाकाहरुबाट विभिन्न सांस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई सिङापुर बेभरेज प्रा.लि.को स्देशी उत्पादन जिरुले बेभरेज पार्टनरका रुपमा समेत सहयोग गरेको थियो ।

बुटवलका २ सहित ३ जना पत्रकारलाई सम्मान
शक्तिमान किसान मिलाप–२०२२ समारोहमा बुटवलका २ पत्रकारसहित ३ जनालाई सम्मान गरिएको छ । एभिन्यूज टेलिभिजनाका लुम्बिनी ब्यूरो पत्रकार दामोदर खनाल, ग्लोबल आवाज अनलाइनका सम्पादक एन.बी.कंडेल र अटोमोबाइल मासिकका प्रकाशक रोशन श्रेष्ठ सम्मानित भएका हुन् ।

उनीहरुलाई तिर्थ एग्रो टेक्नोलोजी गुजरात,भारतका नेशनल शेड रवि र माथौर र लुम्बिनीका लागि आधिकारिक बिक्रेता मनमित श्री ट्रेडिङका संस्थापक अध्यक्ष उदय कुमार सिंहले दोसल्ला ओढाउँदै नगदसहित सम्मान पत्रद्वारा सम्मान गरेका हुन् ।

खनाल विगत २ दशकदेखि र कंडेल एक दशकदेखि पत्रकारितामा सक्रिय छन् । पत्रकारत्रयलाई पत्रकारिताको माध्यमबाट समाजमा र कृषि परिवर्तनमा योग्दान दिएको भन्दै कम्पनीले सम्मान गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।