ताजा अपडेट »

दोषीमाथि कारवाहीको माग गर्दै दुर्घटनामा ज्यान गुमाएका परिवारद्वारा बीपीचोकमा प्रदर्शन

विहीबार, ०१ बैशाख २०७९, १४ : ३९
2 Shares

नेपालगन्ज । नेपालगन्जको सुर्खेतरोडमा गत सोमबार राति कारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयबासीले बीपीचोकमा टायर बालेर प्रदर्शन गरेका छन्।

प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले नेपालगन्जको बीपीचोक र धम्बोझी चोकको बीचमा ठक्कर दिंदा ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको थियो । कारले ठक्कर दिए लगत्तै घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नर्सिङहोममा पुर्याएपछि चिकित्सकले  मृत घोषणा गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको कार र चालक  इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

 पीडक चालक प्रहरी अनुसन्धानमा रहे पनि उसमाथि कडा कारवाही र क्षतीपुर्ति माग्दै पीडितका घर परिवारको संलग्नतामा टायर बालेर प्रदर्सन गरेका हुन् । जिल्ला प्रहरी बाँकेका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले घटनामा संलग्न रहेको चालक र गाडि प्रहरी नियन्त्रणमा रहेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको बताए । उनले भने-‘कानूनी प्रकृया अघि बढेको छ । पीडकमाथि कारवाहीको प्रकृया अघि बढी सक्यो अनावश्यक बाटो अबरोध गरेर कुनै समाधान निस्कदैन ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।