ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा विष सेवनबाट युवतीको मृत्यु, श्रीमानबाटै हत्या भएको आरोप

विहीबार, ०१ बैशाख २०७९, ११ : २६
8 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा–२ भेटनरी लाइनमा गए राति एक युवतीको विष सेवनबाट मृत्यु भएको छ । बुधबार राति करिब पौने दश बजेको समयमा स्थानीय २९ वर्षीया अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको हो ।

अमृताको मृत्युसँगै उनको माइति पक्षले श्रीमानबाटै हत्या भएको भन्दै कारबाहीको मागसहित अमृतको घर घेराउ गरेका छन् । विष सेवन गरी घाइते भएकी अमृतालाई उनका श्रीमानले नै उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठक बहादुर केसीले बताए । ‘माईति पक्षबाट श्रीमानले नै हत्या गरेको भन्ने आरोप छ, सोही आधारमा उनका श्रीमानलाई पक्राउ गरेका छौं ।’–ग्लोबल आवाजसँग केसीले भने, आफन्तले विरोध गर्दै घर घेराउ गरेको भन्ने छ, अनुसन्धान अघि बढ्छ ।
अमृताका आफन्तले घटना रहस्यमयी भएको भन्दै हत्याको दाबी गरेको छ । मृतकका दाजु पर्ने एक आफन्तले ग्लोबल आवाजसँग भने,–‘अमृताले बुधबार राती करिब साढे ९ बजेको समयमा आफ्नो दाजुलाई बचाउन अपिल गर्दै म्यासेज लेखेको थियो । म्यासेज आएको जानकारी हुनासाथ कुरा बुझ्दैजाँदा करिब १५ मिनेटपछि अस्पतालमा मृत्यु भएको खबर आयो ।’, उनले अघि भने, ‘उनले (अमृता) ले आफै विष सेवन गरकोभन्दा पनि श्रीमानले विष खुलाएको हुनसक्छ, अस्पतालले पनि त्यहाँ नपुग्दै मृत्यु भएको उल्लेख गरेको छ भने अमृताको डायरीमा रहेको अन्तिम पाना च्यातिएको छ, त्यसले केही रहस्यहरु लुकाएको हुनसक्छ ।’

अमृताका आफन्तले घटनाको सत्यतथ्य छानविन हुनुपर्ने तथा दोषिमाथि कडा कारबाहीको माग गर्दै अमृताको घरअगाडी विरोध प्रदर्शन गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।