ताजा अपडेट »

लायन्स बुटवल खस्यौलीको अध्यक्षमा देवकोटा, उपाध्यक्षमा गौतम

शनिबार, १९ चैत्र २०७८, ०९ : ५५
8 Shares

बुटवल । लायन्स क्लव अफ बुटवल खस्यौलीको अध्यक्षमा कमल देवकोटा निर्वाचित भएका छन् । क्लवको बुटवलमा सम्पन्न १३औ अधिवेसनबाट आगामी लायन्स बर्ष २०२२/०२३ को लागी देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

आगामी कार्यकालको लागि प्रथम उपाध्यक्षमा मनोज पन्थ, द्धितिय उपाध्यक्षमा प्रेम प्रकाश श्रेष्ठ, तृतीय उपाध्यक्षमा बवकास गौतम निर्वाचित भएका छन् । यस्तै मेम्मसीप डाइरेक्टरमा सन्दिप पौडेल, क्लब मार्केटिङ्ग एण्ड कम्युनिकेशनचेयर पर्सनमा सुमन श्रेष्ठ, अन्तराष्ट्रिय निर्देशकमा अर्जुन क्षत्री, क्लव सर्भिस निर्देशकमा बिजय पन्थ र एलसीआइएफ निर्देशकमा चिरन भण्डारी निर्वाचति भएका छन् ।

क्लबको टेलटुइस्टरमा प्रज्जवल चौधरी, टेमरमा बैकुण्ठ अधिकारी, सह–सचिवमा धुव्र श्रेष्ठ र सह–कोषाध्यक्षमा कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । लायन्स अन्तराष्ट्रियमा सचिव तथा कोषाध्यक्ष निर्वाचित अध्यक्षले मनोनयन गर्ने प्रावधानअनुसार सचिवमा अनिल पौडेल र कोषाध्यक्षमा राजु खत्री मनोनित भएको निर्वाचन आयुक्त राजु पौडेलले जानकारी दिए ।

क्लबका अध्यक्ष बिष्णु प्रसाद उपाध्यायको अध्यक्षतामा भएको निर्वाचन कार्यक्रममा लायन्स जिल्ला ३२५ बी२ का रिजन ४५ च्यरपर्सन गोपाल प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रिजन च्यसपर्सन गोपाल प्रसाद पाण्डे, निर्वाचन आयुक्त राजु पौडेल, क्लवका पुर्व अध्यक्षहरु रितेश सिलवाल, बाबुराम बोहरा, सन्तोष कसौधन, गोपाल पाण्डे, ज्ञानु पुन, विकास अग्रवाल लगायतले शुभकामना दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।