ताजा अपडेट »

सलमान खान अभिनित ‘टाइगर ३’ नेपालमा सुटिङ हुने चर्चा

सोमबार, ०७ चैत्र २०७८, १७ : १६
10 Shares

काठमाण्डौं । भारत झैँ नेपालमा पनि उत्तिकै फ्यान फ्लोअर्स भएका बलिउड अभिनेता सलमान खान नेपाल आउने चर्चा बेलाबखतमा हुने गरेको छ । तर, अहिलेसम्म उनी नेपाल आएका छैनन् । 

सलमानको एक सांगीतिक टुर नेपालमा हुने भनिए पनि अन्तिम समयमा रोकिएको थियो । साथै, आइफा अवार्डमा आउने भनिए पनि सो अवार्डप्रति तीव्र विरोध भएका कारण नेपालमा भएन । यस्तै कारणले गर्दा नेपाल आउन नसकेका सलमान अब आगामी मेमा नेपाल आउने चर्चा चलेको छ । 

उनको प्रतीक्षित फिल्म ‘टाइगर ३’ को केही दृश्य छायांकनका लागि सलमान नेपाल आउने चर्चा बढेको छ । उनले नेपालमा कन्सर्ट गर्ने भनिएको समयकै आसपास पारेर फिल्मको छायांकन हुनसक्ने बताइएको छ । यद्यपि यसबारे आधिकारिक रूपमा सम्बन्धित पक्षले केही बताएको छैन ।

यस अगाडि पनि अक्षय कुमार, अनुपम खेरलगायतका कलाकारहरूको फिल्म छायांकनको अनुमति अन्तिम समयमा लिएको हुनाले सलमानको हकमा पनि त्यही हुनसक्ने बताइएको छ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।