ताजा अपडेट »

महाजात्रा मार्फत अहिलेसम्मकै फरक भुमिकामा आउदै हरिबंश

आइतबार, २७ फागुन २०८०, ०६ : ५६
188 Shares
आइतबार, २७ फागुन २०८०
188 Shares

नेपाली कलाकरीताका मुर्धन्य कलाकार मध्यका एक आम नेपालीहरुका मनमै बस्न सफल जोडी मह जोडी का ह आर्थात अभिनेता हरिबंश आचार्यले चलचित्र होस या टेली सिरियल, आफ्नो चरित्रमा विविधता दिएका छन । कुनैमा उनले आदर्श पात्र भएर काम गरेका छन भने कुनैमा समाजको नकारात्मक पात्रको चरित्र निभाएका छन । हरिबंशले निभाएका हरेक पात्र र भुमीका जिवन्त हुन्छन नै । हसाएका चरीत्र हुन वा रुवाएका सबै चरीत्रलाई नेपाली दर्शकले उत्तिकै रुचाएका छन । हरीबंशले जस्तोसुकै भुमिकामा पनि न्याय गर्न सक्दछन, यसैले त उनी भर्सटायल अभिनेताको रुपमा चिनिन्छिन । नेपाली कलाकारहरु मध्यका सबैभन्दा बढि मन पराईएका कलाकार हुन हरिबंश आचार्य । 

आगामी चैत ९ गतेबाट देशै भरी प्रदर्शन हुन लागेको चलचित्र महाजात्रामा भने उनी फरक भुमिकामा देखिएका छन। यस चलचित्रमा उनले अहिले सम्म आफुले कुनै पनि चलचित्रमा निभएको भुमिका भन्दा फरक भुमिकामा देखिदै छन । उनले यस चलचित्रमा नकरात्मक चरीत्र अर्थात भ्रष्ट राजनितिज्ञको भुमिका निभाएका छन । त्यसैले पनि उनको यो भुमिकालाई आम दर्शकले कसरी लिनेछन भन्ने कुराको कौतुहलता पनि सबैमा रहेको छ । उनको यो भुकिालाई दर्शकले कसरी लिनेहुन त्यो फाल्गुन ९ गते पछिनै थाह हुने छ ।

चलचित्रमा आफ्नो चरित्र नकारात्मक भए पनि त्यसले सकरात्मक ज्ञान पनि दिन्छ भन्ने उनको धारणा छ । उनी भन्छन,‘मलाई हरेक चलचित्रमा फरक गरुँ भन्ने लाग्छ । सोही कारण सदैव नयाँ र फरक भूमिका मेरो प्राथमिकतामा पर्छ । नकारात्मक चरीत्रले समाजको नकरात्मक पात्रलाई देखाउछ, यस्तो भूमिकाले सकारात्मक सन्देश पनि दिने गर्दछ । समाजमा त्यस्तो गतिविधि गर्न हुँदैन भनेर मनोरञ्जनात्मक शैलीमा सन्देश प्रदान गर्छ । यही भएर पनि उनि यो भूमिका निभाउन सहमत भएको बताउछन ।

आफु महाजात्रामा जोडिनुका पछाडी निर्देशक प्रदीप भट्टराईलाई एउटा कारण मान्छन उनि । प्रदीपको कामप्रति उनलाई पूर्ण विश्वास रहेको बताउछन । करीब एक दशकनै महसंचारमा संगैं काम गरेकोले पनि उनको काममा बिश्वस्त रहेको उनि बताउछन । यसअघि उनले प्रदीपकै निर्देशनमा बनेको मह सञ्चारका केही सिरियलहरुसँगै ठुलो पर्दाको चलचित्र त्रु गते र महापुरुषमा पनि काम गरेका थिए । त्यसैले चलचित्रकोे पूर्ण स्क्रिप्ट नै नपढिकन काम गर्न तयार भएका रहेछन उनि । प्रदीपका निर्देशनमा बनेको चलचित्रले समाजलाई मनोरञ्जनसँगै सन्देश पनि दिने उनको दाबी छ ।

महाजात्रामा आफ्नो भूमिका दर्शकलाई नयाँ स्वादको लाग्नेमा हरिवंश विश्वस्त देखिन्छन। महाजात्रा चलचित्रको सम्पूर्ण कुरा आफै सँगनै जोडिएको हुदा पनि मेरो भूमिका दर्शकलाई नयाँ हुनेछ । चलचित्रमा महाजात्रानै मेरो कारणले हुन्छ । प्रदिपजीले मलाई प्रस्ताव गर्दा नै महाजात्रा गराउन तपाईं चाहिन्छ भन्नु भएको थियो । भूमिका पनि राम्रो छ । चलचित्रमा गम्भीर विषयलाई रमाइलो तरिकाले देखाइएको उनको भनाई छ ।

चलचित्रको कथासारबारे हरिवंश अगाडि भन्छन ..यसमा बेरोजगार युवाको समस्या, रोजीरोटीका लागि गरिने संघर्ष, आफ्नै देशमा नै केही गरौं भन्ने युवाको दैनिकी, राजनीतिज्ञले युवालाई दिलाउन नसकेको विश्वास लगायतका धेरै पक्ष समेटिएका छन । अहिलेका जल्दा बल्दा सान्दर्भिक विषयलाई मनोरञ्जनात्मक प्रस्तुतिमार्फत पर्दामा ल्याइएको छ । बेरोजगार युवाहरुले पैसा कमाउने ध्याउन्नमा सर्टकट बाटो रोज्दा भोग्न पर्ने प्रतिस्थितिलाई देखाइएको छ । 

महाजात्रा यस अघि प्रर्दशनमा आईसकेको चलचित्र जात्रा, तथा जात्रै जात्राको सिक्वेल हो । उक्त दुबै चलचित्र सुपरहिट भएका थिए । यस चलचित्रमा हरिबंशसंगै बिपिन कार्की, रबिन्द्र सिंश बानिया, रबिन्द्र झा, तथा बर्ष राउत, अर्जुन जङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल लगाएतको अभिनय रहेको छ । दिपेस खत्रि तथा यन्जेश्वर पौडेल निर्मता रहेको यस चलचित्रमा रबिन्द्र सिंह बानिया कार्यकारी निर्माता रहेका छन ।

गौतम भूसाल
लेखकको बारेमा
गौतम भूसाल

भूसाल ग्लोबल आवाज अनलाइका प्रबन्ध सम्पादक हुन् ।