ताजा अपडेट »

चलचित्र ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक

सोमबार, २१ जेठ २०८१, ०८ : ३०
142 Shares
सोमबार, २१ जेठ २०८१
142 Shares

 

फर्स्टलुकमा नायिका स्वस्तिमा खड्का मात्र फिचर्ड छिन् । उनी ट्याक्टरमाथि चढेर कसैलाई औँला ठड्याइरहेको देखिन्छ । उनले कसलाई र किन औँला उठाएकी हुन् ? निर्माणपक्षले खुलाएको छैन ।  

दसैँमा रिलिज हुने ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुकले स्वस्तिमा केन्द्रीय चरित्रमा रहेको स्पष्ट पारेको छ ।  चलचित्रमा स्वस्तिमासँगै मुख्य भूमिकामा निश्चल छन् ।  

स्वस्तिमा र निश्चल निर्माता रहेको चलचित्रको कथा साजन काफ्ले र आकाश बरालको लेखेका हुन् । विवाहको कथा भन्ने चलचित्र निर्देशन पनि उनीहरू दुवैले गरेका छन् ।

शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता हुन् ।

 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का, निश्चल बस्नेतलगायतले सामाजिक सञ्जाल फेसबुकमार्फत आज फर्स्टलुक पोस्टर सार्वजनिक गरेका हुन् । शनिबार सार्वजनिक एक पोस्टरमा सिनेमाकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का मात्रै फिचर्ड छिन् ।

विजयादशमी अर्थात् दशैंमा प्रदर्शन आउन लागेको चलचित्रको पोस्टरमा स्वस्तिमा बेहुलीले लगाउने रातो रंगको साडी र चोलीमा देखिएकी उनी उभिएर ट्याक्टर हाँकिरहेको अवस्थामा चित्रित छिन् । उनले कसैलाई पछ्याइरहेको संकेत सार्वजनिक पोस्टरमा देख्न सकिन्छ ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा निर्माण भएको चलचित्रमा स्वस्तिमाको जोडी उनकै श्रीमान् तथा अभिनेता निश्चल बस्नेतसँग बाँधिएको छ । आमिर गौतम, विजय बराल, सिम्रन खड्का लगायतको पनि अभिनय रहेको चलचित्रले एक बेहुलीको कथा भन्नेछ । चितवनको मेघौलीमा छायांकन गरिएको यो सिनेमालाई दशैंमा रिलिज घोषणा गरिए पनि मिति भने निश्चित गरिएको छैन ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको चलचित्रको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् । आकाशले यसअघि निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’को स्क्रिप्ट लेखेका थिए । सिनेमामा निर्देशकद्वय आकाश र साजनको लेखन समेत रहेको छ । आकाश र साजन दुबैले यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।