ताजा अपडेट »
चलचित्र प्रर्वधन

“पुजार सार्की”लाई राष्ट्रिय दलित आयोगको साथ, समाज रुपान्तरणको आवाज बोकेको भन्दै सबैलाई हेर्न आग्रह

शनिबार, १९ जेठ २०८१, ०० : ०३
152 Shares
शनिबार, १९ जेठ २०८१
152 Shares

काठमाण्डौं । दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘पुजार सार्की’ अहिले दोस्रो हप्तामा चलिरहेको छ । आक्रामक रुपमा दर्शकको साथ संगै कमाई पनि गरिरहेको यस चलचित्रले जातीय विभेदविरुद्धको कथा बोकेको छ । हाल नेपालभर उत्साहका साथ दोश्रो हप्तामा चलिरहेको यस चलचित्रलाई राष्ट्रिय दलित आयोगले पनि हेर्न आग्रह गरेको छ । आयोगले निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै सबैलाई यो चलचित्र हेर्न आह्वान गरेको हो । 

आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता प्रेमीहरूले हेरेर शिक्षा लिन सक्ने खालको रहेको उल्लेख गरेका छन । चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह गरेकाहुनाले योे चलचित्र हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन सबैमा विज्ञप्ति द्वारा अनुरोध गरिएको छ । 

‘पुजार सार्कीमा देखाइए जस्तै आज पनि हाम्रो नेपाली समाजमा स्वैच्छिक विवाहलाई वर्जित गर्ने कुसंस्कार विद्यमान रहेकोछ । शिक्षित र सभ्य मानिसहरूलाई यो एउटा गम्भीर प्रश्न पनि हो । सभ्य मानिसले सत्य कुरालाई स्वीकार नगर्नु असभ्यता हो । चलचित्र “पुजार सार्की”ले यस्तो अवस्थालाई उजागर पार्न खोजेको छ, बिज्ञप्तिमा भनिएको छ । 

pujar_GTajX9e8WD

नेपालमा जातीय रूपमा अपमानितहरूले वरण गरिरहेका शब्दहरू आफै अङ्गीकार गर्ने सन्देश चलचित्रले बोकेको छ । यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने खालको छ,’ विज्ञप्तिमा लेखिएको छ । चलचित्रका लेखक बिकास सुवेदीले राज्यको कुनै निकायले यसरी नेपाली चलचित्रलाई सम्बोधन गरेको पहिलो घटना भएको बताए ।

‘यो चलचित्रले राज्यलेनै बोल्नुपर्ने विषय बोलेको तथा चलचित्रले संविधानमा समावेश भएकै एजेन्डा बोलेको र दलितको आन्दोलनमा ऐक्यबद्धता समेत जनाएको हुँदा आयोग आफैँले ‘पुजार सार्की’ हेर्न आह्वान गरेको हो भन्ने मलाई लाग्छ । नेपाली चलचित्रको लागि यो सुखद घटना हो । ‍चलचित्र निजी क्षेत्रमा आइसकेपछि पहिलो पटक यो विशेष चलचित्र हो भनेर विज्ञप्ति नै जारी गर्नु नेपाली चलचित्रका लागि सुखद हो।’  उनले भनेका छन ।

‘पुजार सार्की’ का निर्देशक दिनेश राउतले यो चलचित्र निर्माण गर्दा केवल व्यावसायिक उद्देश्य मात्रै नराखेको र दलित मुक्तिको आन्दोलनको पुनर्जागरणको लागि पनि चलचित्र निर्माण भएको बताए । चलचित्र “पुजार सार्की” लाई करिब दुई दर्जन राजनीतिक व्यक्तित्वहरूले हेरेर यो चलचित्र हेर्न सबैलाई आह्वान समेत गरेका छन । बुधवार गरीएको विशेष प्रदर्शनीमा प्रतिनिधि सभा सदस्य एवम राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु लगायतकाले चलचित्र हेरेका हुन । 

गत हप्ता रिलिज भएको चलचित्र ‘पुजार सार्की’दोस्रो हप्तामा सानदार रुपमा चलिरहेको । चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको मुख्य भूमिका रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।