ताजा अपडेट »
चलचित्र ट्रेलर

‘दान्भी’को ट्रेलर सार्वजनिक, पुजा शर्माको एक्सन अवतार देख्न सकिने

शुक्रबार, १८ जेठ २०८१, ०६ : ००
156 Shares
शुक्रबार, १८ जेठ २०८१
156 Shares

काठमाडौं । असार ७ गतेदेखि प्रदर्शन तयारीमा रहेको चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ । रोमान्टिक चलचित्रमा देखिँदै आएकी शर्माको यो पहिलो एक्सन चलचित्र हो । ट्रेलरमा डेब्यु नवनायक कुन्साङलाई पनि देख्न सकिन्छ ।

ट्रेलरमा पुजालाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिएको छ । कार्यक्रममा अभिनेत्री शर्माले टिजर र एक्सन सिक्वेन्सको तस्वीर सार्वजनिक भएपछि सञ्चारमाध्यममा आफूलाई ट्रोल बनाइएकोमा गुनासो गरिन् । ‘मेरो एक्सनलाई देखावटी भनेर समाचार पनि आयो । तर मैले चलचित्रमा कतिसम्म एक्सन दृश्य दिएको छु भन्ने कुरा दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ’, उनले भनिन् ।

उनले भनिन्, ‘अब म अरुको आलोचना सुन्नुभन्दा कामले नै जितेर देखाउँछु भन्ने अठोटमा छु । हिरोइनले पनि एक्सन सिक्वेन्स गर्न सक्छन् भन्ने दान्भीमा देखाएको छु ।’  नवनायक कुन्साङ बम्जनले दर्शकले ‘दान्भी’मा नयाँ एक्सन जनर पाउने बताए । अर्का अभिनेता किरण श्रेष्ठले एक्सन जनर मनपर्ने दर्शकका लागि ‘दान्भी’ उपर्युक्त चलचित्र भएको दाबी गरे ।

नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको चलचित्रमा विशाल पहाडी, राजाराम पौडेललगायतको अभिनय छ । चलचित्रमा पवन रानामगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल चलचित्रमा सह-निर्माता छन् ।

चलचित्र सन्जोग कुवँर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन मा तयार भएको हो  ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।