ताजा अपडेट »
भारतीय लोकसभा निर्वाचन

भारतीय लोकसभा निर्वाचनमा सेलिब्रेटी क्रेज: काे काेले जिते, काे काे हारे ?

बीजेपीबाट कंगना र हेमा तथा त्रिणमुल कंग्रेसबाट शत्रुघन सिन्हा विजयी

बुधबार, २३ जेठ २०८१, २२ : ५१
250 Shares
बुधबार, २३ जेठ २०८१
250 Shares

काठमाडौं । भारतीय आमनिर्वाचन २०२४ को ५४३ वटै सीटको नतिजा सार्वजनिक भएको छ । यस पटक १५ जना सेलिब्रेटीले लोकसभा चुनाव लडेका थिए, जसमध्ये ११ जनाले जीतको झण्डा गाडेका छन् । विजेताहरूमा कंगना रनौत, हेमा मालिनी, शत्रुघन सिन्हा, रवि किशन, मनोज तिवारीलगायत छन्, तर भोजपुरी स्टार पवन सिंह र निरहुआ भने नराम्ररी पराजित भएएका छन ।

बलिउडमा ड्रिम गर्ल नामले परिचित वरिष्ठ अभिनेत्री हेमा मालिनी २ लाख ९३ हजार ४०७ मत का साथ विजयी भइन् भने बलिउडकै अर्का दिग्गज कलाकार राज बब्बर तथा चर्चित भोजपुरी गाएक तथा अभिनेता निरहुआ जस्ता कलाकार भने पराजित भए ।

बलिउड सेलीब्रेटी कस कसले बाजी मारे:

१) ड्रीम गर्ल हेमा मालिनीले उत्तर प्रदेशको मथुरा क्षेत्रमा भारतीय जनता पार्टी (बीजेपी)बाट टिकट पाएकी थिइन् । उनले ५,१०,०६४ मत ल्याएर जीत निकालिन् । हेमाले निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता मुकेश धनगरभन्दा २,९३,४०७ मत बढी ल्याएकी थिइन् । कांग्रेस नेता मुकेशले भने २,१६,६५७ मत ल्याए ।
२) बलिउडकी अहिलेकी चल्तीकी नायिका कंगना रनौत पनि लोकसभा सांसद भइन् । रनौतले बीजेपीको तर्फबाट हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट ५,३७,०२२ मत ल्याएर चुनाव जितिन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता विक्रमादित्य सिंहभन्दा ७४,७५५ बढी मत ल्याइन् । कांग्रेस नेता विक्रमादित्यले ४,६२,२६७ मत ल्याए ।
३) बलिउडका पुराना नायक शत्रुघन सिन्हाले पश्चिम बंगालको आसनसोल क्षेत्रबाट निर्वाचन जितेका छन् । अल इन्डिया त्रिणमुल कंग्रेसको तर्फबाट सिन्हाले भाजपा नेता सुरेन्द्रजीत सिंह अहलुवालियालाई ५९,५६४ मतान्तरले पराजित गरेका छन् । शत्रुघन ६,०५,६४५ मत ल्याएर विजयी हुँदा अहलुवालियाले ५,४६,०८१ मत प्राप्त गरे ।
४) चर्चित टेलिभिजन शो रामायणमा रामको भूमिका निभाएका अभिनेता अरुण गोविल उत्तर प्रदेशको मेरठबाट विजयी भएका छन् । भाजपाको टिकटमा चुनाव लडेका अरुणले समाजवादी पार्टीकी नेतृ सुनिता वर्मालाई १०,५८५ मतान्तरले हराए । निर्वाचनमा अरुणले ५,४६,४६९ मत ल्याउँदा सुनिता ५,३५,८८४ मा रोकिइन् ।
५) अभिनेता तथा पार्श्व गायक सुरेश गोपीले केरलाको त्रिशूर क्षेत्रबाट चुनाव जितेका छन् । बीजेपीका उम्मेदवार उनले भारतीय कम्युनिष्ट पार्टीका नेता भीएस सुनिलकुमारलाई ७४,६८६ मतान्तरले हराएका हुन् । सुरेश गोपीले ४,१२,३३८ मत ल्याएर विजयी हुँदा सुनिलकुमार ३,३७,६५२ मतमा रोकिए ।
६) उत्तरपूर्वी दिल्ली क्षेत्रमा बीजेपीबाटै भोजपुरी संगीत क्षेत्रका चर्चित व्यक्ति मनोज तिवारीले कांग्रेस नेता कन्हैया कुमारलाई पराजित गरेका छन् । मनोजले कन्हैया कुमारलाई १,३८,७७८ मतान्तरले हराएका हुन् ।
७‍‍) बीजेपीकै तर्फबाट उत्तर प्रदेशको गोरखपुर क्षेत्रमा भोजपुरी स्टार रवि किशनले ५,८५,८३४ मतसहित विजयी भए । उनले समाजवादी पार्टीकी नेतृ काजल निषादलाई १,०३,५२६ मतान्तरले पराजित गरेका हुन् । काजलले ४,८२,३०८ मत ल्याएकी छन् ।
८) अभिनेत्री सयोनी घोष पश्चिम बंगालको जादवपुर क्षेत्रमा चुनाव लडेकी थिइन् । अल इन्डिया त्रिणमुल कंग्रेसबाट टिकट पाएकी उनले बीजेपीका नेता अनिर्बान गांगुलीलाई २,५८,२०१ मतान्तरले पराजित गरेकी छन् ।
९) बंगाली सिनेमाकी अभिनेत्री शताब्दी रोयले १,९७,६५० को मतान्तरले बीजेपी नेता देवतनु भट्टाचार्यलाई पराजित गरेकी छन् । अल इन्डिया त्रिणमुल कंग्रेसबाट पश्चिम बंगालको वीरभूमबाट चुनाव लडेकी थिइन् ।
१०) बंगाली अभिनेत्री रचना बनर्जी पनि पश्चिम बंगालको हुगली क्षेत्रबाट भारतको लोकसभा सांसदमा विजयी भएकी छन् । अल इन्डिया त्रिणमुल कंग्रेसबाट टिकट पाएकी उनले ७,०२,७४४ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी बीजेपीकी उम्मेदवार एवं अभिनेत्री तथा राजनीतिज्ञ लकेट चटर्जी ६,२५,८९१ मा रोकिइन् ।
११) बंगाली सिनेमामा देव भनेर चिनिने अभिनेता अधिकारी दीपकले पनि पश्चिम बंगालको घाटाल क्षेत्रमा चुनाव जितेका छन् । अल इन्डिया त्रिणमुल कंग्रेसबाट टिकट पाएका उनले ८,३७,९९० मत ल्याएर जीत हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी बीजेपीका नेता हिरण्मय चट्टोपाध्यायले ६,५५,१२२ मत प्राप्त गरे ।

कुन कुन सेलिब्रेटी उम्मेदवार भए पराजित:

Untitled-2

१) बलिउडका वरिष्ठ अभिनेता राज बब्बरले हरियाणाको गुरगाउँबाट चुनाव लडेका थिए । भारतीय कंग्रेसबाट टिकट पाएका उनलाई बीजेपीका नेता राव इन्दरजीत सिंहले ७५,०७९ मतान्तरले पराजित गरे ।
२) भोजपुरी स्टार पवन सिंह बिहारको कराकट क्षेत्रमा १,०५,८५८ मतान्तरले पराजित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका पवन भारतीय कम्युनिष्ट पार्टी मालेका नेता राजाराम सिंहसँग पराजित भएका हुन् । राजारामले ३,८०,५८१ मत ल्याउँदा पवन २,७४,७२३ मा रोकिए ।
३) बीजेपीबाट चुनाव लडेका दिनेशलाल यादव निरहुआ १,६१,०३५ मतान्तरले समाजवादी पार्टीका नेता धर्मेन्द्र यादवसँग पराजित भए ।
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।