ताजा अपडेट »

नेपालप्रति ओलीको कटाक्ष: हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?

शनिबार, ०५ चैत्र २०७८, १२ : २०
6 Shares

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् ।

राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै भने ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग विहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको झुम्के बुलाकी लगाएर जाने रु फुकाल्नुपर्दैन ?’

उनले देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थीको संज्ञा दिएका छन्। यस्तो सरकार बनाउन माधव नेपालले संसद्को पछाडि बसेर लुसुक्क–लुसुक्क मत दिएको आरोप लगाएका छन्। अध्यक्ष अ‍ोलीले एमालेको सरकारले गरेको राम्रा काम मात्रै जनतालाई सुनाएर मत माग्न आग्रह गरे। सरकारको भने खान मात्रै चिन्ता रहेको टिप्पणी गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।