ताजा अपडेट »

भारतमा लगातार तेस्रो दिन पनि संक्रमित घटे

मंगलबार, ११ माघ २०७८, १२ : ०३
2 Shares


नयाँ दिल्ली । भारतमा तेस्रो दिन पनि कोभिड संक्रमितको संख्या घटेको छ । पाँच दिनसम्म लगातार तीन लाख संक्रमित देखिएको भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ५० हजार कमि हो । पछिल्लाे २४ घन्टामा काेभिडबाट ६१४ जनाकाे मृत्यु भएकाे छ ।

भारतमा अहिलेसम्म ३ करोड ९५ लाख ४३ हजार ३२८ जना कोभिडबाट संक्रमित भइसकेका छन् । भारतमा कूल संक्रमितको ५ दशमलब ६२ प्रतिशत सक्रीय संक्रमित छन् । अझै पनि २२ लाख ३६ हजार ८४२ सक्रीय संक्रमित छन् । भारतमा अहिले संक्रमणमुक्त दर ९३ दशमलब १५ प्रतिशत छ । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।