ताजा अपडेट »

सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत

सोमबार, १० माघ २०७८, १६ : ४८
8 Shares

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले कुल ६० करोड ८३ लाख ९८ हजार ८ सय ७४ रुपैया बजेट प्रस्तुत गरेको छ ।गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षतामा भएको गाउँपालिकाको १० औं गाउँ सभामा आर्थिक बर्ष ०७८०७९ को बजेटलाई संशोधित गर्दे ६० करोड ८३ लाख ९८ हजार बराबरको अनुमानित बजेट सभामा प्रस्तुत गरिएको छ ।

गाउँपालिकाले चालु खर्च तर्फ कुल ६ करोड ४ लाख ४३ हजार ५ सय ६२ रुपैया मध्ये आर्थिक बिकास तर्फ २४ लाख ४२ हजार २ सय ९३ रुपैया,सामाजिक बिकास तर्फ ३ करोड ९८ लाख ४७ हजार ५ सय २४ रुपैया,सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ १२ लाख ५३ हजार ७ सय ४८ र कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ १ करोड ६८ लाख ९९ हजार ९ सय ६१ रुपैया बजेट प्रस्तुत गरिएको छ ।

त्यस्तै पुजीगत खर्च तर्फ आर्थिक बिकास तर्फ खर्च नभएको,सामाजिक बिकास तर्फ ८ लाख २१ हजार ७ सय ४६ रुपैया,पुर्वाधार बिकास तर्फ २ करोड ४९ लाख ५ सय ४२ रुपैया,सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ खर्च नभएको र कार्यालय संचालन तथा प्रशासनिक क्षेत्र तर्फ २ लाख ६२ हजार बराबरको खर्च तथा प्रगति बजेट गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनीले सभामा बजेट प्रस्तुत गरेकि थिइन । सभाले वडा कार्यालय बाट संशोधित भएको योजनाहरु र पालिकाबाट आन्तरिक तथा बाह्य श्रोत गरि थप तथा संशोधित योजनाहरुको बजेटलाई पास गरेको छ । भने सुस्ता गाउँपालिकाले बनाएको ४ वटा कार्यबिधी पनि सभाले पास गरेको छ । गाउँपालिका उपाध्यक्ष थरुनीले प्रस्तुत गरेको बजेटलाई १० औं गाउँपालिका सभाले सर्वसम्मत रूपमा पास गरेको छ ।

सभामा उठेका सवालको जवाफ तथा सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले सुखी सुस्ता र समृद्व सुस्ता अभियान अन्तर्गत अध्यक्ष नमुना सडक निर्माण कर्य थालनी,९० प्रतिशत सडक संजाल निर्माण,कोल्ड स्टोर,पर्यटकीय क्षेत्र मार्फत आर्थिक समृद्धि र सामुदायिक बिधालयको शैक्षिक स्तर गुणस्तरीय सुधारका लागि विद्यार्थी अनुपात अनुसारको शिक्षकको नियुक्ति लगायतका कामहरु गर्दै आएको पालिका अध्यक्ष पाण्डेयले बताएका छ्न । गाउँपालिकाको १० औं गाउँ सभाको कार्यक्रम संचालन सुस्ता गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढकालले संचालन गरेका थिए ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल