ताजा अपडेट »

भैरहवामा पहिलो पटक “बबल टी”, २० रुपैयाँमै चाउमिन

आइतबार, ०९ माघ २०७८, १६ : ०५
4 Shares

भैरहवा । भैरहवामा २० रुपैयामै स्वादिष्ट चाउमिन बिक्री सुरु भएको छ । २ युवाहरुले भैरहवा बैंकरोडमा रहेको बुद्धबजारमा २० रुपैयाँमै चाउमिन बिक्री सुरु गरेका हुन् ।

“भैरहवामा बिभिन्न ग्रामीण क्षेत्रबाट काम गर्ने श्रमिकहरु आउने गरेका छन्, उनिहरुले पनि स्तरिय रेष्टुरेन्टको स्वाद लिन पाउन भनेर न्यून रकममा खाजा खुवाउन सुरु गरेका छौं ।” शवर्मा क्याफेका सन्चालक बिमल सेन ठकुरीले भने “श्रमिकलाई लक्षित गरिएको भए पनि यसको स्वाद र परिमाणसंग भने कुनै सम्झौता गरिएको छैन ।”अन्य रेष्टुरेण्ट भन्दा यसको स्वाद र परिमाण कुनै पनि तरिकाले कम नहुने बताउँदै उनीहरुले ग्राहकले चाहेमा प्याक गरेर पनि दिन सकिने जानकारी दिए ।

यसको साथै रेष्टुरेण्टमा भैरहवामै पहिलो पटक “बबल टी” को बिक्रि भै रहेको क्याफेका अर्का सञ्चालक अभिषेक केसीले जनाए । मूल रुपमा ताईवानमा सुरु भएको तरुलबाट बिशेष बिधिबाट बनाईने यो चियाको आफ्नै बिशेषता रहेको उनको दावी छ । भैरहवामै पहिलो पटक बिक्रि भै रहेकोले यसको आकर्षण बढ्दै गई रहेको केसीले जनाए ।

चाउमिन र बबल टी संगै रेष्टुरेण्टको बिशेष परिकारको रुपमा सोरमा समेत रहेको सञ्चालकद्वयको भनाई छ । कुखुराको मासुबाट बन्ने यो परिकार पनि थोरै रकममा उपलब्ध हुने उनिहरुको भनाई छ । सञ्चालक मध्येका एक ३० वर्षिय अभिषेक केसी १२ वर्ष दुबई बसेर आएका युवा हुन् । उनले त्यहाँ “स्टार बक्स कफी” भन्ने चेन व्यवसायमा काम गरि कफि बारे सिकेका कुराहरु नेपालमा प्रयोग गरेको बताए । “बिदेशमा रहेर धेरै काम गरियो, अब नेपालकै आफुले सिकेको काम गर्छु भन्ने अठोटसहित यो व्यवसाय सुरु गरेको छु ।” अभिषेकले भने

उनको यो अठोठलाई उनकै बाल्यकालको साथी विमलले पनि साथ दिए र दुवै जना मिलेर करिब २२ लाखको लगानीमा खोलेको रेष्टुरेण्ट हो शवर्मा क्याफे । “खोलेको एक बर्ष भए पनि कोभिडको कारण राम्ररी सञ्चालन गर्न सकिरहेका थिएनौ ।” विमलले भने “अहिले नया र किफायती दरका परिकार सहित फेरी सुरुवात गरेका छौं । यसले राम्रो नतिजा पनि दिएको छ ।”

बैंकरोडमा पहिला आदर्श बिद्या मन्दिर बिद्यालय रहेका स्थानमा बुद्ध बजार स्थापना भएको छ । बैंकरोडमै रहे पनि शान्त र रमणिय वातावरण रहेको कारण ग्राहकले यो स्थानलाइ अहिले रुचाईरहेको उनिहरुको भनाई छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा