ताजा अपडेट »

चिया उद्योगमा आगलागी हुँदा दश करोडको क्षति

आइतबार, ०२ माघ २०७८, २१ : ११
6 Shares

इलाम । इलामको सूर्योदय नगरपालिका-४ अन्तुमा रहेको इलाम टी प्रोडुसर्स प्रालिको अन्तुभ्याली चिया कारखानामा आगलागी हुँदा चिया उद्योग सम्पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट ११० फिट लम्बाई ७० फिट चौडाइ रहेको चिया उद्योग जलेर नष्ट भएको छ । आगलागीबाट उद्योगमा रहेको दुईवटा ड्रायर मेसिन, पाँचवटा रोलिङ टेबुल, तीनवटा हिटर मेसिन, पाँचवटा सर्टिङ मेसिन,२४ वटा वेदरिङ ट्रफ जलेर नष्ट भएको छ । 

आगलागीबाट उद्योगमा स्टक गरी राखिएको ८० हजार किलोभन्दा बढी तयारी चिया पनि जलेर नष्ट भएको इलाम टी प्रोडुसर्स प्रालिका प्रबन्धक ओमकार काफ्लेले जानकारी दिए । चिया उद्योगमा आगलागी हुँदा कार्यालय भवन, स्टाफ  क्वार्टर र जेनेरेटर रुम बाहेक अरू सबै संरचना नष्ट भएको छ । 

आगलागीबाट भवन, मेसिन उपकरण र तयारी चिया समेत गरेर १० करोड भन्दा बढिको क्षति भएको काफ्लेले जानकारी दिए ।  चिया उद्योगमा दिउँसो ३ बजेतिर आगलागी भएको थियो । 

आगो नियन्त्रणको लागि सूर्योदय नगरपालिका, इलाम नगरपालिका, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाको दमकलसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो  नियन्त्रणको प्रयास गरेको भए पनि उद्योग पूर्णरुपमा जलेको छ । 

उद्यमी अशोक मुरर्काको सो उद्योग दैनिक १५ हजार किलो हरियो पत्ति प्रशोधन गर्ने क्षमताको थियो । २०५३ सालमा स्थापना भएको इलाम टी प्रोडुसर्स प्रालिको उद्योग निजी क्षेत्रबाट स्थापना भएको दोस्रो चिया कारखाना हो ।-न्युज कारखाना 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।