१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

काठमाडौं । विक्रम सोबको उत्कृष्ट प्रदर्शन प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।  शुक्रबार मुलपानीको माथिल्लो मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाइ ३ विकेटले पराजित गर्दै आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो । 

Advertisement

११६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२० रन बनाएको हो ।  आर्मीका हरि चौहानले सर्वाधिक ३३ रन बनाए । चार चौका हिर्काएका हरिले ३९ बल खेलेका थिए । यस्तै विक्रम सोबले २९ रन बनाए । २२ बलको सामना गरेका विक्रमले एक चौका र दुई छक्का प्रहार गरे ।  यस्तै भीम सार्कीले १३ रन बनाउँदा शाहब आलमले १२ तथा कुशल मल्लले ११ रन बनाए  । 

सुदूरपश्चिमका आदित्य महताले चार विकेट लिए । चार ओभर बलिङ गरेका आदित्यले १४ रन खर्चिए । यस्तै हेमन्त धामी, नारायण जोशी र शेर मल्लले समान एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो । 

सुदूरपश्चिमको लागि खडक बोहराले सर्वाधिक ३७ रन बनाए । यस्तै वसन्त कार्कीले ३४ रन बनाउँदा विकेट किपर समेत रहेका अर्जुन साउदले १५ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक बनाउँन सकेनन् । सुदूरपश्चिमका दुई खेलाडी शुन्यमा आउट भएका थिए । सुदूरपश्चिमलाई सस्तैमा समेट्न आर्मीका विक्रम सोबले सर्वाधिक ६ विकेट लिए । चार ओभर बलिङ गरेका विक्रमले आठ रन मात्रै खर्चिएका थिए । 

यस्तै कुशल मल्ल, शाहब आलम र हरि चौहानले समान १ विकेट लिए । जितसँगै आर्मीले दोस्रो स्थानमा रहँदै सेमिफाइनल सम्भावना कायम राखेको छ । आर्मीको तीन खेलबाट ५ अंक रहेको छ । यता, सुदूरपश्चिमको भने तीन खेलबाट दुई अंक रहको छ र तेस्रो स्थानमा छ । समूह ‘ए’ मा तीन खेलमा शत प्रतिशत जितसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहँदै एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार जोर-विजोर प्रणालीले झन् सास्ती