ताजा अपडेट »

लुम्बिनीको हिमाली जिल्लाको सुन्दर कोल गाउँ (फोटोफिचर)

बुधबार, ०७ पुस २०७८, ११ : ५८
67 Shares
https://youtu.be/HsQM9pGXTzY

यो हो कोल गाउँ । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउपालिका वडा नं. १२ मा अवस्थित एक सुन्दर गाउँ हो कोल गाउँ । लुम्बिनी प्रदेशको एकमात्रै हिमाली अनि नेपालको कान्छो जिल्ला रुकुम पूर्वको गाउँपालिकामा गाउबस्तीहरुको संरचना प्राय यस्तै देखिन्छ ।
जोडिएका घर अनि एकैठाउँमा झुरुप्प परेको सुन्दर बस्ती, तल्लो घरको छानो माथिलो घरको आँगन । कोल गाउँलाई टाढाबाट हेर्ने हो भने हेलिकप्टरको जस्तै स्वरूपमा रहेको बस्ती देख्न सकिन्छ ।

अधिक संख्यामा मगर अनि दलित र गुरुङ जातिको बस्ती हो यो । यस गाउँमा पनि मगरहरुको खाम भाषा र आफ्नै छुट्टै परम्परा, भेषभूषा र जीवनशैली देख्न पाइन्छ । यो गाउँलाई रुकुम पूर्वकै अर्गानिक अनि परम्परागत नमुना बस्तीको रुपमा स्थापना गर्ने सपना बोकेका छन् यसै गाउँका युवा वडा अध्यक्ष गंगा पुनले । प्रत्यक्ष अनुभूति गर्न पक्कै घुम्न आउनु होला कोल गाउँ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।