ताजा अपडेट »

'द हन्ड्रेड क्रिकेट'का लागि छानिए सन्दीप, १ लाख पाउन्ड पाउने

सोमबार, ०४ कार्तिक २०७६, ०८ : ००
8 Shares

कार्तिक ४,
काठमाण्डौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछान १ लाख पाउन्डमा ‘द हन्ड्रेड क्रिकेट’ प्रतियोगिताका लागि छानिएका छन्। आइतबार राति भएको ड्राफ्टमा सन्दीप ओभल इन्भिन्सिबलमा छनोट भएका हुन्। पछिल्लो समय विश्वभरका विभिन्न फ्रेन्चाइज लिगहरू खेल्दै आएका सन्दीप सम्मिलित टोली बार्बाडोस ट्रिडेन्ट्सले क्यारेबियन प्रिमियर लिग जितेको थियो।

२०२० को जुलाईमा इङ्ल्यान्ड र वेल्समा हुने यो प्रतियोगिता सय बल फम्र्याटमा हुनेछ भने तीनै दुई देशका आठ टोलीको सहभागिता रहने छ। पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिता राउन्ड रोबिन लिग र प्ले अफ पद्धतिमा खेलाइने छ। सन्दीप सम्मिलित टोलीमा क्यारेबियन स्टार स्पिनर सुनील नारिन १ लाख २५ हजार पाउन्डमा छनोट भएका छन्। केही दिनअघि मात्र युएईमा हुने अबुधावी टी-१० लिगमा कर्नाटक टस्कर्ससँग ४५ हजार अमेरिकी डलरमा छनोट भएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।