१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

कात्तिक ३,

Advertisement

अनिल खत्री / ग्लोबल आवाज

गुल्मी । गुल्मीको धार्मिक ऐतिहासिक एबम् पर्यटकीय क्षेत्र रेसुङ्गामा स्तरीय रिसोर्ट बन्ने भएको छ । सदरमुकाम तम्घासको शिरमा पर्ने धार्मिक एवंम् पर्यटकीय क्षेत्र रेसुङ्गामा रिसोर्ट बनाउनको निम्ति रेसुङ्गा नगरपालिका र पौवा होटल प्रालि बिच सम्झौता भएको हो । पर्यटकीय क्षेत्र रेसुङ्गामा १० करोडको लागतमा अन्तराष्ट्रिय स्तरको रिसोर्ट संचालन हुने भए पछि रेसुङ्गामा पर्यटकको संख्यामा समेत बृद्धि हुने अपेक्षा गरिएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी गरिएको सम्झौमा नगरपालिकाको तर्फबाट नगरप्रमुख डिल्लिराज भुसाल र होटल पौवा प्रा. लि को तर्फबाट प्रबन्ध निर्देशक बिष्णु प्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् । रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाको दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ । रेसुङ्गा नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा रेसुङ्गा नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो । यस कार्यले रेसुङ्गा नगरपालिकामा १० करोड भित्रिएकोमा खुशी ब्यक्त गरेका थिए । यसले गुल्मी जिल्लाका अन्य स्थानिय तहले पनि यस्तै कामको लागी प्रेरणा लिन सक्ने कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् । रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाको दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ । रेसुङ्गा नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा रेसुङ्गा नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो । यस कार्यले रेसुङ्गा नगरपालिकामा १० करोड भित्रिएकोमा खुशी ब्यक्त गरेका थिए । यसले गुल्मी जिल्लाका अन्य स्थानिय तहले पनि यस्तै कामको लागी प्रेरणा लिन सक्ने कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

किन जाने रेसुङ्गामा


नेपालकै चार धाम मध्यकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावर बाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । केहि वर्ष पहिलेवाट तपोभुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुन् । रेसुङ्गामा साउन महिना बाहेकअन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ । रेसुङ्गा क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने कार्य पनि अगाडी बढेको छ । जिल्लाको गौरवको रुपमा रहेको धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थल जैबिक विविधतामा धनि छ । पंछी संरक्षण संघ नेपालको अभिलेख अनुसार रेसुङ्गा क्षेत्रमा ३ प्रजातिका विश्वब्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ ।

नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुर लगायत २ सय ८ प्रजातिका चराहरु भेटिएको तथ्याङ्कमा उल्लेख रहेको छ । धार्मिक,ऐतिहासिक एबं पर्यटकिय स्थल रेसुङ्गमा १ सय ६४ भन्दा बढि प्रकारका वनस्पति रहेको छ । रेसुङ्गा क्षेत्रमा २८ प्रकारका जनावरहरु पाइनुका साथै दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तुहरुको बासस्थानको रुपमा महत्वपूर्ण रहेको छ । रेसुङ्गा क्षेत्रमा रहेको वन क्षेत्रमा चितुवा,वन बिरालो, रतुवा, मृग, रातो बाँदर, ढेडु, स्याल, खरायो, लोख्रके जस्ता वन्यजन्तुहरुको बासस्थान रहेको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख रहेको छ । धार्मिक तथा ऐतिहासिक क्षेत्र चरा अवलोकनको लागि एक उपयुक्त स्थलको रुपमा रहेको छ । भौगोलिक उचाइगत विविधताले गर्दा उस क्षेत्रमा ६८ प्रजातिका विरुवा, ३४ प्रजातिका झाडी, ४६ प्रजातिका जडिबुटिजन्य वनस्पतिहरु र बिभिन्न प्रकारका वन पाइएको अध्ययनले देखाएको छ । रेसुङ्गा क्षेत्रको छल्दी खोला किनारको उपोष्णा पछाडी सालको वन,कटुस चीलाउने मिश्रित वन देखि शुद्द खोटेसल्लाको कोणधारी वन र खसु गुराँस मिश्रित समशितोष्ण चौडापाते वन अबलोकन गर्न सकिन्छ ।

यस रेसुङ्गा क्षेत्रमा टिमुर, चिराइतो, कालीकाफल, सुनखरी, पाषणभेद, आकाशेबली, खमला, हर्रो, बर्रो, गानेगुर्जो, सुगन्धवाल, र अन्य गैरकाष्ठ वन पैदवारहरु पाइएको छ । ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा,नागबेली सहित १ सय ६१ प्रजातिका जडीबुटिहरु रहेको छ । यस संरक्षित वनक्षेत्र समुद्री सतहदेखि ५ सय ७५ देखि २हजार ३ सय ४५ मिटर उचाइसम्म फैलिएको छ । प्रशस्त पानी, उर्वरायुक्त माटो साथै जीवजन्तु वनस्पति र जडीबुटीको विभिन्नताले गर्दा यहाँको पारिस्थिकीय प्रणली र बासस्थानमा पनि प्रशस्त विविधता पाइन्छ । यहाँ स्थलचर,जलचर,उभयचर आदि सबैका बासस्थान भेटिन्छन् । यो क्षेत्र रतुवा,मृग र चितुवाको राम्रो बासस्थानको रुपमा रहेको छ । यहाँ कालिज प्रशस्तै पाइन्छन् । रेसुङ्गा वनक्षेत्र यस आसपासको जल आपूर्तिको प्रमुख स्रोतको रुपमा रहेको छ ।

यस वनक्षेत्रमा रहेका ३ सय ५० भन्दा वढि खानेपानीको मुहान र कुवाबाट वरिपरिका साबिकका ७ गाबिसका ६२ हजार जनसंख्यालाई पिउने पानी र अन्य प्रयोजनका लागि पानी उपलब्ध भइरहेको छ । रेसुङ्गा क्षेत्रको कुल क्षेत्रफल १९ हजार २ सय ८१ दशमलव ३७ हेक्टर रहेको छ । यसको ५० प्रतिशत भाग कृषि क्षेत्र र ४१ प्रतिशत भू–भाग वनक्षेत्रले ढाकेको छ । यो क्षेत्रले कालीगण्डकी जलाधार अन्र्तगत बडिगाढ खोला रसो अन्र्तगत तल्लो छल्दी खोला, जोगीखोला, बलिथुम खोला, रटुकुवा खोला उप–जलाधारहरु समेटेको छ । जल आफूर्ति,भू–संरक्षण र पर्यापर्यटनको दृष्टिकोणबाट यस संरक्षित वनक्षेत्रमा पर्यावरणीय सेवाको प्रशस्त सम्भावना रहेको छ । यस क्षेत्रमा भएका बिभिन्न पानीका मुहान र कुवाहरुको साथसाथै यहाँको उपजलाधारको संरक्षण गरिनु अत्याबश्यक रहेको छ । यस क्षेत्रको भू–गर्भ र जलचक्रको अध्ययन भएमा थप सम्भावनाहरु निकाल्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु पश्चिम नवलपरासीमा चाडपर्वसँगै बजार अनुगमन तिब्र नालापानीलाई सोलो रिलिजको वातावरण बनाउन माग भ्रष्टाचारले व्यवस्थालाई नै पदभ्रष्ट तुल्यायो : पूर्वराजा ज्ञानेन्द्र चुनाव लक्षित गठबन्धन अलोकतान्त्रिक हो, ‘पावर होलिडे’ गरौं