ताजा अपडेट »

कांग्रेसको महामन्त्री आधाभन्दा धेरै मतगणना: गगनको १६ सय र विश्वप्रकाशको एक हजार मत कट्याे

विहीबार, ०१ पुस २०७८, १३ : ४०
6 Shares

काठमाण्डौ । नेपाली कांग्रेसको महामन्त्री पदको आधाभन्दा धेरै मतगणना सकिएको छ ।

सुरुदेखि नै गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । पार्टी कार्यालय सानेपामा भइरहेको गणनामा २ हजार ५ सय २० मत गन्दा थापाले १ हजार ६४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माले १ हजार १९ मत पाएका छन्छ। प्रदीप पौडेलको ७ सय ४७, डा. प्रकाशशरण महतको ८ सय २७, मिनेन्द्र रिजालको ४ सय २६ र डाक्टर राजाराम कार्कीको ६४ मत छ ।

अग्रता लिइरहेका थापाले डा. शेखर कोइराला समूहबाट र शर्माले प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।