ताजा अपडेट »
संन्दिप लामिछाने प्रकरण

क्यानले गर्यो सन्दिप लामिछानेको निलम्बन फुकुवा

बुधबार, ०२ जेठ २०८१, २२ : ३३
210 Shares
बुधबार, ०२ जेठ २०८१
210 Shares

 काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले  निलम्बन फुकुवा गरेको छ । 

आजै उच्च अदालत बाट संपि लामिछानेले बलात्कार मुद्दामा सफाई पाएसंगै नेपाल क्रिकेट संघ(क्यान)ले एक पे्रस बक्तब्य जारी गर्दे निलम्बन फुकुवा भएको जानकारी गराएको हो  ।

क्यानले लामिछानेको निलम्बन फुकुवा गरेसँगै उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने बाटो खुला भएको हो ।  यसअघि बुधबार नै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको थियो ।

‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ,’  नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुर बहादुर चन्द द्वारा हस्ताक्षरीत बिज्ञप्तिमा भनिएको छ  ।

अ_DieOuWmTXz

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।