ताजा अपडेट »

पूर्वप्रधानमन्त्रीदेखि रवि लामिछानेसम्मले हेरे ‘छ माया छपक्कै’

विहीबार, ३० असोज २०७६, १२ : ३१
10 Shares

असोज ३०
काठमाडौँ । यस वर्षकै अपेक्षा गरिएको चलचित्र हो छ माया छपक्कै । गएको शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले अहिले धमाकेदार व्यापार गरिरहेको छ ।राम्रो कथावस्तु प्रस्तुत गर्नसके हलमा दर्शकको खाँचो हुँदैन भन्ने उदाहरण दीपक-दीपाको  टिमले फेरि पनि प्रमाणित गरिदिएको छ । बुधबार चलचित्र युनिटले विशेष शो को आयोजना गरेका थियो । काठमाण्डौ यस वर्षकै अपेक्षा गरिएको चलचित्र हो छ माया छपक्कै । गएको शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले अहिले धमाकेदार व्यापार गरिरहेको छ ।राम्रो कथावस्तु प्रस्तुत गर्नसके हलमा दर्शकको खाँचो हुँदैन भन्ने उदाहरण दीपक-दीपाको  टिमले फेरि पनि प्रमाणित गरिदिएको छ । बुधबार चलचित्र युनिटले विशेष शो को आयोजना गरेका थियो ।

विशेष शोमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, पूर्व अर्थमन्त्री वर्षमान पुन, सांसद कोमल वली, पूर्वप्रधान सेनापति रुकमाङ्गद कटुवाल लगायत विभिन्न राजनीतिक व्यक्तित्वहरुले चलचित्र हेरेका थिए । साथै छ माया छपक्कै टिमको विशेष शोमा विभिन्न कलाकार तथा सञ्चारकर्मीहरुको पनि उपस्थिति थियो । चलचित्र हेरिसकेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चलचित्रले गहन विषयवस्तुको उठान गरेको बताउनुभयो । उहाँले राजनीतिमा लाग्ने हरेक मानिसले चलचित्र हेर्न आवश्यक रहेको बताउनुभयाे ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले चलचित्र निकै उत्कृष्ट बनेको धारणा राख्नुभयो ।

यस्तै पूर्वअर्थमन्त्री वर्षमान पुनले चलचित्रमा देखिएको समस्या अझै पनि नेपालका विभिन्न स्थानमा भएकै घटना रहेको बताउनुभयो ।  टेलिभिजन प्रस्तोता रवि लामिछानेले दीपक-दीपाका हरेक चलचित्रले एउटा छाप छाड्ने गरेको बताउँदै ‘छ माया छपक्कै’ ले राजनीति गर्ने व्यक्तित्वहरुलाई झकझकाउने काम गरेको धारणा राख्नुभयो ।  शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले ७ करोड रुपैयाँभन्दा माथिको व्यापार गरिसकेको छ । निर्माता रोहित अधिकारीका अनुसार चलचित्र हेर्ने दर्शकको कमी भएको छैन । चलचित्रलाई दर्शकले अत्याधिक रुचाएका छन् । नेपाली कथालाई नै चलचित्रमा उठान गरिएको र प्रस्तुति पनि बलियो भएको भन्दै दर्शक निर्माण युनिटप्रति खुशी देखिएका छन् ।

चलचित्रले खानेपानीमा भएको राजनीतिले जनतालाई पर्न गएको असरबारे देखाइएको छ ।दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्रको कथा पनि निर्देशक लामाले नै लेखेका हुन् । सफल निर्देशकका रुपमा आफूलाई चिनाएकी दीपाश्री निरौलाले यस चलचित्रमा निर्देशक सल्लाहकारका रुपमा रहेर काम गरेकी छिन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट, शिशिर वाङ्देल, प्रकाश घिमिरे, लक्ष्मण बस्नेत, रमा थपलिया, शारदा गिरी, सबिन बास्तोला, अनुरागमान सिंह कुँवर, दिपक क्षेत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ । - उज्यालो अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।