ताजा अपडेट »

तिलोत्तमा प्रिमियर लिग : लुम्बिनी र बुटवल भिड्दै

विहीबार, ३० असोज २०७६, १० : ००
10 Shares


असोज ३०,
ग्लोबल आवाज
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको छैठौं दिन अन्तर्गत आजको पहिलो खेल लुुम्बिनी शाक्यान र बुटवल युुनाइटेड बीच हुुँदैछ । प्रतिष्पर्धाका लागि शाक्यानले टस जितेर व्याटिङ गरिरहेको छ । जसअन्तर्गत राष्ट्रिय खेलाडी शरद भेष्वाकरले व्याटिङ गरिरहेका छन् भने उनीसँग विशाल गुुरुङ्गले साझेदारी गरिरहेका छन् । ग्लोबल आवाजका डिवि सुस्लिङका अनुसार उनीहरुले ११ औं ओभरको लामो पारी खेल्दै हालसम्म बिना विकेट ८२ रन योगफल तयार गरेका छन् ।

लुुम्बिनी यस अगाडि दुई खेल खेलेको छ भने बुटवलको पहिलो खेल हो । दुबै खेलमा पराजित भएको हुनाले लुम्बिनी शाक्यनलाई यो खेल जित्नैपर्नेछ । प्रदेश स्तरको सबैभन्दा ठूूलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।