ताजा अपडेट »

यूएईविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

आइतबार, १२ मंसिर २०७८, १२ : १९
4 Shares

काठमाडौं । आइसीसी महिला टि(२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको खेल जारी छ । दुबईमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने गरेको लिएको हो । आयोजक यूएईले टस हारेसँगै ब्याटिङ सुरु गरिसकेको छ । अन्तिम तथा निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि(२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउँनेछ । आइतबार नेपाल र यूएई दुबै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन् । यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाललाई जित मात्रले पुग्दैन । रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यूएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।