ताजा अपडेट »

रुपन्देहीका बञ्जाडेको निधनले माओवादीलाई अपूरणीय क्षतिः प्रचण्ड

बुधबार, ०८ मंसिर २०७८, १५ : ४७
4 Shares

बुटवल । रामप्रसाद बञ्जाडे (टंकमणि) निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका मओवादी अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी जनयुद्धको क्रममा अति संवेदनशील तथा विशेष भूमिका निर्वाह गरेका बञ्जाडेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका हुन् ।

साथै माओवादीका केन्द्रिय सदस्य तथा रुपन्देहीका इन्चार्ज समेत रहेका ५५ वर्षीय बञ्जाडेको सडक दुर्घटनामा परी बुधबार बिहान मृत्यु भएको थियो । २०२३ साल फागुन १९ गते अर्घाखाँचीको साविक धारापानीमा जन्मीएका बञ्जाडे १७ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीतिमा सक्रीय रहेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।