ताजा अपडेट »

विमानस्थलमा तोडफोड गर्ने सांसद साह पक्राउ

मंगलबार, २८ असोज २०७६, १५ : २४
2 Shares

असोज २८,
काठमाडौं । उडानमा ढिलाइ भएको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ परेका छन् ।प्रहरीको विशेष टोलीले साहलाई मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको एसएसपी रामत्रिपाल साहले जानकारी दिए ।

सांसद साहविरुद्ध आजै पक्राउ पूर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीका अनुसार सांसद साहविरुद्ध बुद्ध एयर जनकपुरका इन्चार्ज विजयकुमार सिंहले उजुरी दिएका छन् । सोमवार बिहान साढे ११ बजे उड्नुपर्ने बुद्ध एयरको विमान २ बजेसम्म पनि नउडेको भन्दै सांसद साहले विमानस्थलको भीआईपी कक्षमा तोडफोड गरेका थिए ।-लोकान्तर

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।