ताजा अपडेट »

बालगृहलाई व्यवस्थित बनाउन छलफल

सोमबार, ०६ मंसिर २०७८, १३ : ०५
8 Shares

भरतपुर ।आवासीय बालगृह सञ्चालन र व्यवस्थापनको मापदण्डबारे छलफल थालिएको छ । देशभरका बालगृह व्यवस्थापनमा कमी कमजोरी देखिएकाले राष्ट्रिय बालअधिकार परिषद्ले आइतबार भरतपुरमा अन्तक्र्रिया कार्यक्रम गरेको हो । आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ र विद्यमान कानूनी व्यवस्था विषयक अन्तक्र्रियामा बालगृह सञ्चालक तथा पदाधिकारीको सहभागिता थियो ।

कार्यक्रम सुभारम्भ गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालबालिकाको रेखदेखमा सक्रिय रहेको बालगृह व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने बताए । उनले धेरै बालगृह व्यवस्थित रहेपनि अझै व्यवस्थित गर्न आवश्यक रहेको छ भने । अन्तक्र्रियामा सुनिता शाहले उक्त विषयमा प्रस्तुत गरेको कार्यपत्रमा सरोकार निकायका प्रतिनिधिले मापदण्ड बनाउन र बालगृह सञ्चालनका विविध विषयमा सुझाव दिएका थिए । कार्यक्रम परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलको अध्यक्षतामा भएको थियो ।- रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।