१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

असोज २७,

Advertisement

काठमाडौँ । विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ । यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने छ । बङ्गलादेशको यस वर्षको वृद्धिदर ८.१ प्रतिशत पुग्ने बैङ्कको प्रक्षेपण छ । नेपालपछि छिमेकी मुलुक भारतको वृद्धिदर छ प्रतिशत रहने छ । त्यसपछि माल्दिभ्सको ५.२, भुटानको ५, पाकिस्तानको ३.३, श्रीलङ्काको २.७ र सबैभन्दा कम अफगानिस्तानको २.५ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरिएको छ ।


नेपालको आर्थिक वृद्धिदर आगामी वर्षमा भने घट्दै जाने प्रक्षेपण पनि विश्व बैङ्कको छ । सन् २०२० मा ६.४ र २०२१ मा सामान्य वृद्धि भई ६.५ पुग्ने अनुमान प्रतिवेदनमा उल्लेख छ । यद्यपि आर्थिक वृद्धिदर आगामी दुई वर्षसम्म औसतमा ६.५ प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ । सेवा र निर्माण क्षेत्रमा बढेका गतिविधिका कारण चालू वर्षमा नेपालको आथिृक वृद्धिदरलाई निकै सहयोग पुग्ने बैङ्कले जनाएको छ । भ्रमण वर्ष २०२० का तयारी कार्यक्रम, अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा ठूला होटलको समेत निर्माण पूरा हुँदा त्यसको प्रत्यक्ष लाभ नेपालको आर्थिक विकासमा देखिने बैङ्कले जनाएको छ । त्यस्तै लगानीमा भएको सुधार र सार्वजनिक खपतको वृद्धि समग्र अर्थतन्त्रलाई अगाडि बढाउन मुख्य सावित हुने प्रतिवेदनमा उल्लेख छ ।

नेपालको अर्थतन्त्रमा यस वर्ष व्यापक सुधारको प्रक्षेपण गरिए पनि दक्षिण एसियाली अर्थतन्त्रको वृद्धिदर भने बिस्तारै घट्दै जाने बैङ्कको विश्लेषण छ । दक्षिण एसियाको औसत वृद्धिदर ५.९ प्रतिशतमा झर्ने गत अप्रिलमा प्रक्षेपण गरिएको भन्दा १.१ प्रतिशतले कम हुने बैङ्कले जनाएको छ । घट्दो आयात र औद्योगिक उत्पादन तथा वित्तीय बजारमा सिर्जना भएको तनावले यस क्षेत्रको वृद्धिदर खुम्चिन सक्ने बैङ्कका दक्षिण एसियाली उपाध्यक्ष हार्टविग स्क्याफरको भनाइ छ । विश्वव्यापी तथा आन्तरिक अनिश्चितताका कारण यस क्षेत्रको आर्थिक विकासमा प्रभाव पर्ने भएकोले निजी खपत र लगानी बढाउने किसिमका आर्थिक नीतिमा जोड दिनुपर्ने उहाँको सुझाव छ ।-गोरखापत्र अनलाइन   

प्रतिकृया दिनुहोस्

Flash News

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा दसैंको मुखमा नक्कली नोटको बिगबिगी रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ!