५ माघ २०७८, बुधबार

Jan 19, 2022

विहार । विहारको एउटा अदालतभित्र प्रवेश गरेर प्रहरीले एक जना न्यायाधीशलाई निर्धात कुटेका छन् । मधुवनी जिल्लाको एक अदालतभित्र प्रहरीले  न्यायाधीशलाई कुटेका हुन् । 

बिहीबार दिउँसो दुई जना प्रहरी अदालत कक्षभित्र प्रवेश गरेर न्यायाधीश अभिनाश कुमारलाई आक्रमण गरेका थिए । आक्रमणअघि उनीहरुले न्यायाधीशमाथि बन्दुक तेर्साएर थिए । सो समयमा न्यायाधीशले ती प्रहरी अधिकारी संलग्न रहेको एउटा मुद्दाको सुनुवाई गरिरहेका थिए ।पीडित न्यायाधीशलाई अहिले सरकारले थप सुरक्षा प्रदान गरेको छ । अदालतमा भएको घटनाबाट उनी बिक्षिप्त भएको बताइएको छ । प्रहरी अधिकारी गोपाल कृष्ण र सहायक निरीक्षक अभिमन्यु कुमारले न्यायाधीशलाई जोगाउन खोज्ने वकिल र अदालतका अन्य कर्मचारीहरुलाई पनि कुटेका थिए । 

अदालतले सो घटनालाई अप्रत्यासित भन्दै त्यसबारे छानविन गर्न सरकारसँग माग गरेको छ । आक्रमणपछि प्रहरी अधिकारीहरु मुछिएको भनिएको मुद्दाको सुनुवाई स्थगित भएको छ ।-एजेन्सी
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रहेनन् विश्वका सबैभन्दा जेष्ठ व्यक्ति संक्रमण मुक्त भएपछि मात्र काममा नवलपुर जेसीजको पदहस्तान्तरण,‘महिला सवल र सक्षम छन्’ पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र कवाड पसलको नाममा प्रतिवन्धित जडिबुटी कारोबार : प्रहरीको छापा, ठूलो परिमाणमा बरामद दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ ३ मितेरी गाउँपालिका बीच ४ वर्षको अनुभव साटा-साट प्रेस युनियन सुनसरीले सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने १० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षण सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते गड्यौली मलको व्यवसायिक उत्पादनतर्फ सैनामैनाका कृषक समावेशी अर्थतन्त्र वाम पक्षधरहरु एक ठाउँमा होउ ! बुटवलकाे बुद्धनगर खानेपानी संस्थाद्वारा रक्तदान सैनामैनामा बुधवारदेखि एन्टिजेन परीक्षण, कुन वडामा कहिले ? जानकारीसहित प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन काठमाडौं उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक, सरकार भन्छ- लकडाउन हुन्न एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण