१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

बुटवल । बुटवल लायन्स आँखा अस्पतालले २४ हजार बढीको मोतियाविन्दुको शल्यक्रिया गरेको छ । अस्पतालले स्थापनाकालदेखि २५ वर्षको अवधिमा २४ हजार ३ सय बिरामीको मोतियाविन्दु शल्यक्रिया गरेको हो ।

Advertisement

विन्दुका नेत्र रोगीको एसआईसिएस तथा फेको प्रविधिबाट शल्यक्रिया गरिएको छ । २५ औं वर्ष पूरा गरी रजत जयन्तीको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका अध्यक्ष रामेश्वर प्रसाद श्रेष्ठले स्थापनाकालदेखि हालसम्म करिब ३ सय ३० विद्यालयहरुका १ लाख ५१ हजार विद्यार्थीहरुको आँखा जाचका साथै दृष्टिदोष भएका २ हजार ७ सय जना विद्यार्थीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको जानकारी गराए ।

अस्पतालले विभिन्न कार्यक्रम गरी रजत महोत्सव २०७८ मनाउने भएको छ । पत्रकार सम्मेलनबाट शुरु भएको कार्यक्रम शुक्रबार वृहत सचेतनामुलक प्रभातफेरि, शनिबार निःशुल्क मोतिबिन्दुको शल्यक्रिया, आईतबार रक्तदान तथा सोमबार मुल समारोहमा सम्मान तथा शुभकामना आदानप्रसाद कार्यक्रम गरि मनाईने अध्यक्ष श्रेष्ठले बताए ।

अस्पतालमा परिसरमा १ करोड १५ लाख रुपैया विभिन्न समाजसेवी, संघसंस्थाहरुबाट सहयोग संकलन गरि आँखा अस्पतालको दुई तले भवन निर्माण भएको उनले बताए । यसैगरि ४ सय स्थानमा आँखा शिविर संचालन गरि ८९ हजार विरामीहरुको आँखा जाँच गरि मोतिबिन्दु देखापरेका १३ हजार ६ सय जनालाई अस्पतालबाट निशुल्क शल्यक्रिया गरिएको उनले बताए । अस्पतालमा विरामीको टिकट शुल्कबाट २ जना नेत्र रोग विशेषज्ञ तथा ४२ जना कर्मचारीहरु ब्यवस्थापन गरिएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा नेपाल सरकार स्वस्थ्य निर्देशनालयबाट अस्पताल स्तरवृद्घिका लागि अनुदान स्वरुप ४० लाख रुपैया तथा अस्पतालबाट थप ९ लाख ७० हजार ८ सय ७० रुपैयाबाट अत्यावश्यक चिकित्सकिय औजारहरु खरिद गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा बिरामीको चाप बढेको हुँदा थप सेवा दिन समस्या भएकाले जग्गाको खोजी गरि थप अत्याधुनिक भवन निर्माण गरि सेवा बिस्तार गर्ने तयारी गरिएको छ ।

अस्पतालको ब्यवस्थापन समितिका सदस्य प्रकाश रायमाझीले अन्तराष्ट्रिय संघसंस्थाहरुले आँखा उपचारमा जग बसाल्ने काम भएको भन्दै सरकारबाट आवश्यक सहयोग जरुरी रहेको बताए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले सरकारलाई अस्पतालबाट निशुल्क सेवा दिदै आएको विषय बुझाउन जरुरी रहेको बताए । पत्रकारलाई निशुल्क उपचारको घोषणा गर्न सुझाव दिदै आवश्यक सहयोग गर्ने प्रतिवद्घता जनाए ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष अर्जुनमान सैजु, महेशमान सिह, कुश प्रसाद मल्ली, जिवनप्रसाद वझा, पुर्व अध्यक्ष निर्मल लाकौल, मेडिकल डाक्टर डा उपेन्द्रदेव भारी, ब्यवस्थापन समिति सदस्य नरेश कुमार श्रेष्ठ, पुर्व अध्यक्ष तथा रजत महोत्सव समितिका सचिव दिनेश प्रसाद श्रेष्ठ, चित्र कुमार कर्ण, लियो क्लब अफ बुटवलका अध्यक्ष रमेश नेपाल, भगवती श्रेष्ठले आँखा उपचार निक्कै सम्बेदनशिल विषय भएको भन्दै यसमा सामाजिक संस्थाहरुको योगदान महत्वपूर्ण रहेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार जोर-विजोर प्रणालीले झन् सास्ती चीनले भारतलाई बुझायो अरुणाचलका अपहरित युवक