ताजा अपडेट »

टी–ट्वान्टी वरियतामा नेपाल दुई स्थान तल झर्‍यो

शनिबार, २५ असोज २०७६, १३ : ४२
8 Shares

असोज २५,
काठमाण्डौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको वरियतामा नेपाल दुई स्थान तल झरेको छ । आईसीसीले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल दुई स्थान तल झर्दै १३ औं स्थानमा पुगेको हो । अघिल्लो वरियतामा नेपाल ११ औं स्थानमा रहेको थियो । नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १ सय ९० रेटीङ अंक पाएको छ । हालै सिंगापुरमा त्री–कोणात्मक र ओमानमा भएको पाँच देशीय टी–ट्वान्टी सिरिज खेलेपनि नेपालको वरियता घटेको छ ।

सिंगापुरमा नेपाल दोस्रो र ओमानमा तेस्रो भएको थियो । यसअघि नेपाल भन्दा तल रहेको स्कटल्याण्ड र युएईले वरियतामा फड्को मार्दा नेपाल तल झरेको हो । नयाँ वरियतामा स्कटल्याण्ड ११औं र युएई १२औं स्थानमा उक्लिएको छ । एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।