ताजा अपडेट »

२ हजार ८ सय ७ सुरक्षाकर्मीलाई शहीद घोषणा

मंगलबार, १५ माघ २०७५, ०७ : २७
6 Shares

माघ १५,

काठमाडौं । सरकारले दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सरकारले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले नै खुलाशा गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका १ हजार हजार ४४८ जना, नेपाली सेनाका १ हजार १८, सशस्त्र प्रहरीका ३१८ जना र राष्ट्रिय अनुसन्धानका २३ जनालाई शहीद घोषणा गरेको हो ।

सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएका हुन् । कार्यक्षेत्रमा खटिएको अवस्थामा ज्यान गुमाएका सुरक्षाकर्मीहरुलाई शहीद दिवसको अवसर पारेर शहीद घोषणा गर्ने निर्णय गरिएको हो ।

देशका लागि कर्तव्यपालनका क्रममा ज्यान दिनेहरुप्रति असमान व्यवहार भएको गुनासो आएकोले त्यसको सम्बोधनका लागि सुरक्षाकर्मीहरुलाई शहीद घोषणा गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।