ताजा अपडेट »

तिलोत्तमा प्रिमियर लिगको तयारी अन्तिम चरणमा

विहीबार, २३ असोज २०७६, २० : ५८
4 Shares


असोज २३,
ग्लोबल आवाज
तिलोत्तमा । सर्वोत्तम तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करणको तयारी करिब पूरा भएको छ । असोज २५ गते शुक्रबार शुरु हुने प्रतियोगिताका पिच र प्याराफिट निर्माण लगाएतका तयारीहरु पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताको मिति नजिकिँदै गर्दा प्रचार–प्रसारलाई पनि तिव्रता दिइएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्नेछन् ।

प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु सम्मिलित सहित १० समूूहले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधि सहित नगद ४ लाख प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद २० हजार, बेष्ट ब्याट्सम्यान ,बेष्ट बलरलाई नगद १० हजार र इमर्जिङ प्लेयरलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।त्यस्तै प्रतियोगितामा एक समूहले फेयर प्ले अवार्डमार्फत नगद ४० हजार प्राप्त गर्नेछ । तिलोत्तमा–६ स्थित नवजीवन क्लबको खेल मैदान नयाँमिल १० नम्बरमा हुने हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।