ताजा अपडेट »

जनकपुरधामबाट नेपाल–भारत मैत्री बस सेवा पुनः सुचारू

शनिबार, २० कार्तिक २०७८, १५ : ४०
4 Shares

जनकपुरधाम । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत (जनकपुरधाम–पटना) मैत्री बस सेवा आजदेखि पुनः संचालनमा आएको छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको बस स्टेश्नबाट आज राति ८ बजे भारत विहार राज्यको राजधानी पटनाका लागि बस छुट्दैछ । दुवै देशमा कोरोना संक्रमण दर कमभएपछि मैत्री बस सेवा सुचारु भएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले बताए ।

केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका अवसरमा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले उक्त बस सेवाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । अध्यक्ष चौधरीले जनकपुरधामदेखि पटनासम्मको भाडादर अहिलेसम्म तय नभए पनि तत्काल प्रति यात्रु साढे चार सय भारतीय रुपैयाँ लाग्ने बताए । बसमा ३६ वटा सिट छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।