१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सोमबार सुझाव लिन मन्त्रालयमा सञ्चारकर्मी बोलाइन् । उनले सुझाव मागे पनि सञ्चारकर्मीले प्रश्न तेर्स्याए ।

Advertisement

त्यसमा एक थियो, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आश्वासन । साेमबार कीर्तिपुरमा भएकाे कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘हाम्रो पार्टीले मन्त्रालय पाएको छ । चुनावअघि नै सबैले लालपूर्जा पाउँछन् ।’यो आश्वासन सम्भव छ भन्ने प्रश्न माओवादी केन्द्रबाट मन्त्री बनेकी श्रेष्ठतिर सोधियो । प्रश्नको आशय थियो, ‘प्रचण्डको आश्वासन शशीले मन्त्री भएर पूरा गर्न सक्छिन् कि वा प्रचण्डको राजनीतिक फण्डामात्रै हो ?’

‘भन्नेभन्दा गर्नु उपयुक्त हुन्छ । मैले जे काम गर्छु त्यही समाचार बनोस् । यो गर्छु, त्यो गर्छु भन्दिन,’ मन्त्री श्रेष्ठ अघि बढिन्, ‘मेरो लागि यो मन्त्रालय विल्कुल नयाँ हो । यद्यपि नागरिकको हिसाबले भोगाई छ । यो मन्त्रालयको जिम्मेवारी दिएको छ । दिएको जिम्मेवारीबाट भाग्दिन ।’ शशीले जिम्मेवारी दिएकाले पूरा गर्छु भन्ने आशय व्यक्त गरिन् ।

उनले यसको सुरुवात महोत्तरीबाट गर्न लागेको पनि जानकारी गराइन् । यसका लागि आफू मंगलबार महोत्तरी जान लागेको सुनाइन् ।

उनकाअनुसार महोत्तरीको रामगोपालपुरबाट लालपूर्जा बाँड्न सुरु हुँदैछ । शशीले सदरमुकाम जाने बाध्यता र झन्झट पनि अन्त्य गर्दै गाउँमै लालपूर्जा पाउनेगरी घुम्ती शिविर गर्न लागेको बताइन् । यसले सदरमुकाम गएर लाइन लाग्नुपर्ने अवस्था अन्त्य हुने, बिचौलिया र टेबुलमुनि घुस दिनुपर्ने अवस्था पनि निरुत्साहित हुने उनको विश्वास थियो । उनले ठूलो कामभन्दा सानो जनस्तरलाई छुने काम गरेर पछि ठूला काम गर्ने पनि उल्लेख गरिन् ।  

शशीले प्रचण्डको आश्वासन पूरा गर्न सकिन्छ भन्ने प्रश्नको जवाफ आउनेगरी सुकुम्बासी आयोगलाई छिट्टै पूर्णता दिएर काम अघि बढ्ने बताइन् । उनले अघिल्लो सरकारले प्रचारगरे जस्तो लाजपूर्जा बाँडेको नपाइएको भन्दै सुकुम्बासी आयोग खारेज गर्ने र नयाँ बनाउने निर्णयको बचाउ पनि गरिन । एक/दुई ठाउँमामात्र बाँडेको र १४ ठाउँमामात्रै तयारी रहेको भन्दै यद्यपि राम्रो कामको स्वामित्व लिने बताइन् । प्रचण्डको आश्वासन पूरा हुनेरनहुने स्पष्ट जवाफ शशीबाट नआए पनि उनले कुराभन्दा काम गरेर जाने सन्देश दिइन् । 

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण