२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

काठमाडौं । हलिउड झैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारी साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन् । सिंघम’ बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बा र सूर्यवंशीसम्म पुर्‍याइसकेका छन् । पुलिसकै कथामा तीन फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा ‘कप युनिभर्स’ तयार गरिसकेका छन् । कप युनिभर्समा ‘सिंघम’ बाट सिम्बा हुँदै सूर्यवंशीसम्म सामेल छन् । यसमा अब उनी चुलबुल पाण्डेलाई इन्ट्री गराउने कोसिसमा छन् । 

Advertisement

बलिउडमा अर्को पुलिसको कथा भन्ने फिल्म हो ‘दबंग’ । रोहित चुलबुल पाण्डेको क्यारेक्टरमा रहेका सलमान खानलाई उक्त युनिभर्सको सदस्य बनाउन चाहन्छन् । हालै आफ्नो फिल्म ‘सूर्यवंशी’ को प्रमोसनका लागि सलमानको टेलिभिजन शो ‘बिग बोस’ मा पुगेका रोहितले उक्त प्रस्ताव गरेका हुन् ।

‘म तपाईसँगको हरेक भेटमा फिल्मका लागि आग्रह गर्छु तर तपाई अझैसम्म तयार हुनुभएको छै’, रोहितले भने, ‘म तपाईलाई सिंघमसँग पर्दामा देखाउन चाहन्छु ।’ सलमानले शोमा आफू तयार रहेको छोटो प्रतिक्रिया दिएका छन् । 

सलमानले ‘एस’ भनेपछि उत्साहित हुँदै रोहितले आफ्नो वाचाबाट पछि नहट्न आग्रह गरे । ‘मलाई थाहा छ, तपाईले कमिटमेन्ट गरेपछि पूरा गर्नुहुन्छ भन्ने । म निकै उत्साहित छु, अजयसँग तपाईलाई देखाउने कुरामा’ रोहितले भने । शोमा रोहितसँगै कट्रिना कैफ पनि पुगेकी थिइन् । रोहितले सिंघमको रूपमा अजय देवगन, सिम्बाको रूपमा रणवीर सिंह र सूर्यवंशीको रूपमा अक्षय कुमारलाई दर्शकसमक्ष पुर्‍याएर पुलिसको सिनेम्याटिक युनिभर्स बनाएका छन् । यसमा उनले सलमानलाई चुलबुल पाण्डेको रूपमा प्रवेश गराउन प्रयाशरत छन् ।  

भारतीय प्रहरीको बहादुरीको कथालाई पर्दामा देखाउने निर्देशक रोहितले आफ्नो आगामी फिल्म ‘सूर्यवंशी’ मा पछिल्लो समय सोसल ड्रामामा देखिँदै आएका अक्षयलाई एकपटक पुनः एक्सन अवतारमा प्रस्तुत गरेका छन् । करण जोहरको पनि निर्माणमा सहकार्य रहेको फिल्ममा अक्षय कुमार प्रहरी अधिकारीको भूमिकामा देखिनेछन् ।

फिल्ममा अक्षयले निडर प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका छन् । अक्षयको को-स्टार कट्रिना कैफ छिन् । फिल्ममा अजय देवगन र रणवीर सिंहको पनि केमियो छ । फिल्म ‘सिम्बा’ मा रोहितले अजय देवगन र अक्षयलाई केमियो गराएका थिए भने उनले ‘सूर्यवंशी’ मा अजय देवगनलाई केमियो गराएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्लास्टिक झोला प्रतिबन्ध : कार्यान्वयनमा चूनौतीपूर्ण पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट अटो रिक्सामा सवार ३ जनाको मृत्यु, एक घाइते मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति