ताजा अपडेट »

सैनामैनाका सबै क्षेत्रको क्रमश: विकास हुँदै जान्छः भट्टराई

मंगलबार, ०९ कार्तिक २०७८, १३ : ०५
6 Shares

सैनामैना । सैनामैनाका सबै क्षेत्रको क्रमश: विकास हुँदै जाने राष्ट्रियसभा सदस्य खिमलाल भट्टराइले बताएका छन् । सैनामैना नगरपालिकाको वडा नम्बर पाँच स्थित ब्रहमबाबा खानेपानी किनारमा रहेको इङ्गुरिया नदिमा पक्की पुल निर्माणका लागि वाक ओभर सर्भे गर्दै स्थानीयसङ्ग यस क्षेत्रको बिकास क्रमशः हुँदै जाने सांसद भट्टराइले बताएका हुन् ।

‘लामो समय देखि धेरै नेताको आश्वासन पाएका तर पुल नबनेका कारण दिक्क भएका स्थानीय जनतामा सर्भे भएपछि बुल बन्ने आशाको दियो जागृत भएको छ ।’ –उनले भने ।सैनामैना पाँचको प्रगति टोल र सैनामैना सातको लम्टैयाको बिचमा रहेको नदिमा पुल नहुँदा स्थानीय बासिन्दाले लामो समय देखि सास्ती खेप्नु परिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।