ताजा अपडेट »

लमजुङमा भूकम्पको धक्का

सोमबार, ०८ कार्तिक २०७८, २१ : २१
2 Shares

लमजुङ । पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लास्थित मर्स्याङ्ग्दी गाउँपालिका–३ खुदी आससास केन्द्रविन्दु बनाएर आज राति ८ बजेर ३० मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पले जिल्लावासीलाई त्रसित बनाएको छ । भूकम्प जानासाथ स्थानीयवासी घरबाट सडक गल्लीमा निस्केका थिए । मानवीय क्षतिबारे जानकारी भने केही नआएको जिल्ला प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनले भने, “हालसम्म मानवीय क्षति भएको खबर प्राप्त नभए पनि भूकम्प जाँदा त्रसितका कारण सर्वसाधरणहरू घरबाहिर निश्केका थिए ।” रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।