ताजा अपडेट »

टिपरले बालिकाको ज्यान लिएपछि तनावग्रस्त, अनिश्चितकालिन कर्फ्यु

सोमबार, १४ माघ २०७५, ०७ : ४८
8 Shares


माघ १४,मोरङको  सुन्दरहरैंचा नगरपालिकामा टिपरको ठक्करबाट सोमबार ११ वर्षीया बालिकाको ज्यान गएपछि स्थिति तनावग्रस्त बनेको छ।

विराटनचोकबाट विराटनगर जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा–९ की लक्ष्मी ढकालको मृत्यु भएको हो ।बाटो काट्दै गरेकी बालिकालाई तीब्र गतिको टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको बेलबारी प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको टिपरमा स्थानीयले आगो लगाएका छन्।प्रहरीका अनुसार टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीय प्रदर्शनमा निस्केका छन् । उनीहरूले अन्य आधा दर्जन टिपरमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामप्रसाद राईले बताए ।

घटनास्थल जान लागेको प्रहरीलाई समेत स्थानीयले ढुंगा हानेका छन् । विराटचोक दक्षिण विराटनगर जाने भित्री राजमार्ग बन्द छ । अत्यधिक मात्रामा टिपर दौडिएका कारण सो बाटो भत्केको भन्दै स्थानीयले टिपर आतंक रोक्न भन्दै प्रदर्शन गरिरहेको मोरङ प्रहरीले जनाएको छ।यसैबीच मोरङ प्रशासनले स्थिति नियन्त्रणमा लिन उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।