ताजा अपडेट »

बल्कोट सेवा समाज युएईद्वारा मठ-मन्दिरलाई खुडा सहयोग

विहीबार, ०४ कार्तिक २०७८, १९ : ५२
8 Shares

युएई । बल्कोट सेवा समाज युएईले गाउँका मठमन्दिरमा सहयोग प्रदान गरेको छ । समाजले गाउघरमा बडा दसैंको अवसरमा मठमन्दिरमा नाचिने सराय नाँचका लागि गाउँका बिभिन्न ४ वटा मन्दिरका लागि खुडा सहयोग गरेको हो ।

अर्घाखाँचीको बल्कोटमा दसैंका बेला विभिन्न मठमन्दिरमा सराय नाच्दा यस् अघी दबदगे तथा बिभिन्न काठबाट बनाईएका प्रतिकारात्मक हतियारको प्रयोग गरेर सराय नाच्ने गरिन्थ्यौ । युएई आएका सोही गाउका युवाहरुले स्थापना गरेको संस्था बल्कोट सेवा सवाजले सोही नाचका लागि आवश्यक पर्ने खुडा हस्तान्तरण गरेको समाजले जनाएको छ ।

समाजले ुमौलिक संस्कृतिको सरक्षण गर्दै सराय नाचमा प्रयोग हुने खुडाु बल्कोटको ठुलारुख छत्रमहाराज मन्दिरमा १५ वटा, छत्राथान मन्दिर हाइस्कुलमा १० वटा, आलमदेवी मन्दिर आलीडाडामा २२ वटा र साजबोटको मालिकादेवी मन्दिरमा २२ वटा गरी जम्मा ६९ वटा खुडा अलग अलग कार्यक्रम गरी हस्तान्तरण गरेको हो ।

स्थानीय अगुवा तथा विभिन्न वार्डका जनप्रतिनिधी तथा सस्थाका प्रतिनिधि र उनीहरुको परिवारका सदस्यहरुको उपस्थितीमा भएको कार्यक्रममा समाजले प्रदान गरेको खुडा मन्दिरको ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक मधुरानाले जानकारी दिए ।

अर्घाखाँचीको छत्रदेब गाँउपालिका वार्ड नम्बर दुई र तिन भित्र भएका चार मन्दिरहरुमा गरेर जम्मा ७९ वटा खुडा सहयोग गरिएको हो । समाजका बिभिन्न सदस्य तथा पदाधिकारीले एक महिनामा पैसा उठाएर सो सहयोग गरेको समाजका सचिव अमित पाण्डेले बताए ।

यसै बिच खुडा हस्तान्तरण कार्यक्रममा छत्रदेब गाँउपालिका वार्ड नम्बर २ का अध्यक्ष राजेश पन्थीलेले संस्थालाई धन्यवाद सहित प्रशंसा गरे । त्यस्तै छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ का अध्यक्ष तेजप्रसाद खनालले खाडी मुलुकमा भएतापनि हरेक समयमा यो सस्थाले समाजको हितमा स्थानीय तवरमा राम्रो समन्वय गरेर काम गरेको बताउदैँ सस्थाका काम अन्य संस्थाका लागि पनि प्रेरणा भएको बताउँदै थप सहयोगको अपेक्षा राखेको बताए ।

खुडा हस्तान्तरण कार्यक्रममा मन्दिर ब्याबस्थापन समिति, समाजका अग्रज व्यक्तित्व तथा संस्थाका अध्यक्ष दिनामणी पाण्डे, उपाध्यक्ष इन्दिरा पराजुली, कोषाध्यक्ष मधु राना, सदस्य राजन पाण्डे, धिरन सुनार, भानु खनाल, आर्यन पाण्डे लगाएतको उपस्थिती रहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।